हिपमत डटकम

सोमबार, पौष २७, २०७७ || 595  पटक पढिएको

पाकिस्तान सुपर लिग (पिएसएल) को ड्राफ्टमा परेका नेपाली खेलाडी छनोटमा असफल भएका छन् । पाकिस्तानमा आइतबार राति भएको छनोटमा ड्राफ्टमा परेका नेपालका १० खेलाडीमध्ये कोही पनि छनोटमा पर्न सकेनन् ।

सन् २०२१ का लागि भएको छनोटमा नेपाली खेलाडीलाई आवद्ध गर्न कुनै पनि टोलीले इच्छा देखाएनन् । नेपालबाट पूर्वकप्तान पारस खड्का, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, कुशल मल्ल, अविनाश बोहोरा, पवन सरार्फ, सुवास खकुरेल र आसिफ शेख पिएसएलको ड्राफ्टमा परेका थिए ।

ड्राफ्टमा २० देशका चार सयभन्दा बढी खेलाडी परेका थिए । नेपाली खेलाडी अलग–अलग समूहमा ड्राफ्टमा परेका थिए । लामिछाने सबैभन्दा महँगो प्लेटिनम श्रेणीमा तथा अन्य नौ खेलाडी सिल्भर श्रेणीमा ड्राफ्टमा परेका थिए । गत वर्षको पिएसएलमा पनि नेपालका आठ खेलाडी ड्राफ्टमा परेका थिए । अन्तिम समयमा कोही पनि नेपाली खेलाडी पिएसएलका लागि छनोट हुन सकेनन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!