सोमबार, माघ १३, २०७६ || 927  पटक पढिएको

हिपमत डटकम
काठमाडौं ,१३ माघ :विमानस्थलमा कार्यरत प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा फरार सूचिमारहेकी गायिका आस्था राउत प्रहरी कार्यालयमा उपस्थित भएकी छन् ।त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा डिउटीमा रहेकी प्रहरी जवान रमिशा श्रेष्ठले आफूलाई दुर्व्यवहार गरेको आरोप लगाउदै उजुरी दिएकी थिइन् ।

महानगरीय प्रहरी परिसर काठमाडौं प्रवक्ता होविन्द्र बोगटीका अनुसार राउतलाई उनका आफन्तले नै प्रहरी कार्यालयमा उपस्थित गराएका छन् ।विमानस्थलमा सुरक्षा जाँचको क्रममा डिउटीमा रहेकी प्रहरी जवानसंग भनाभन भएपछि राउतले त्यसबारे असन्तुष्टि पोख्दै सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो मार्फत प्रहरीले कलाकारमाथी दुव्र्यहार गरेको भन्दै प्रहरीलाई गाली गरेकी थिइन् ।

उनीविरुद्धको अभियोगमाथिको छानबिन अब प्रक्रियागत रुपमा अघि बढ्ने प्रहरीले जनाएको छ ।उनलाई महानगरिय प्रहरी परिसर टेकुमा राखिएको छ ।उनको स्वास्थ परिक्षणकोलागि विर अस्पताल लैजाने तयारी भई रहेको समेत प्रहरीले जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!