हिपमत डटकम

शनिबार, पौष २५, २०७७ || 609  पटक पढिएको

एस्टन भिल्लाविरुद्ध सहज जित हात पार्दै लिभरपुलले एफए कपको चौथो चरणमा स्थान बनाएको छ । सिनियर टोलीका टोलीका खेलाडीहरुमा कोभिड संक्रमण देखिएपछि यस खेलमा एस्टन भिल्लाले युवा टोलीका खेलाडीहरुमात्रै उतारेको थियो । प्रिमियर लिग च्याम्पियनविरुद्धको खेलमा भिल्लाले यु–२३ टोलीका ७ र बाँकी चारजना यु–१८ उमेर समुहका खेलाडी उतारेको थियो ।

पहिलो पटक सिनियर टिमबाट खेलेपनि युवा खेलाडीहरुले पहिलो हाफमा लिभरपुललाई कडा टक्कर दिए । सेडियु मानेले चौथो मिनेटमै गोल गरेर लिभरपुललाई अग्रता दिलाएका थिए । तर, ४१ औं मिनेटमा १७ वर्षीय लुईस बेरीले शान्दार गोल गर्दै भिल्लालाई बराबरीमा फर्काए । बेरी इङल्यान्डको यु–७१ टोलीका सदस्य पनि हुन् । बार्सिलोनाको एकेडेमीबाट उनी गत वर्ष जनवरीमा एस्टन भिल्ला भएका थिए ।

तर दोस्रो हाफमा भिल्ला युवा खेलाडीहरु थकित भएपछि लिभरपुलका अनुभवी खेलाडीहरु हाबी भए । लिभरपुलले दोस्रो हाफको ५ मिनेटभित्र ३ गोल गर्दै नतिजा आफ्नो पक्षमा पा¥यो । जर्जिनियो विज्नाल्डुमले ६०, सेडियु मानेले ६३ र मोहम्मद सलाहले ६५ मिनेटमा गोल गरे ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!