भारतीय टेलिभिजन अभिनेत्री प्रिटी तलरेजाले आफ्ना पति अभिजित पेटकरविरुद्ध सनसनीपूर्ण आरोप लगाउँदै पुलिसमा उजूरी दर्ता गराएकी छिन् । आफमाथि धर्म परिवर्तनका लागि दबाब सिर्जना गरिएको उनको आरोप छ ।
पतिको आरोप नमान्दा कुटाईसमेत खानुपरेको उनले बताएकी छिन् । प्रितिले आफुमाथि भएको हिंसाबारे ट्वीटरसहितका सामाजिक सञ्जालमा पनि लेखेकी छिन् ।

प्रितिका अनुसार उनी पहिले मुम्बई पुलिसमा उजूरी लिएर गएकी थिइन् । तर, कुनै कारबाही नभएपछि उनले मुख्यमन्त्री उद्धव ठाकरे र प्रधानमन्त्री कार्यालयलाई ट्याग गर्दै सामाजिक सञ्जालमा आफ्ना वेदना पोखिन् । अहिले खन्डकपान्डा कल्याण पुलिसले प्रितीको उजूरी दर्ता गरेको छ ।

प्रिटीले सामाजिक सञ्जालमा पनि धेरै तस्विरहरु सार्वजनिक गरेकी छिन् । उनको अनुहारमा कुटपीटको निशान छ ।

के भएको थियो ?
तीन वर्ष पहिले प्रिटीले अभिजित पेटकरसँग विवाह गरेकी थिइन् । अभिजित जिम सेन्टर सञ्चालन गर्थें । प्रिटीका अनुसार अभिजित मुस्लिम हुन् । उनीहरुले मस्जिदमा विवाह गरेका थिए । यतिबेलासम्म प्रिटीले धर्म परिवर्तन गरेकी थिइनन् । तर विस्तारै अभिजितले धर्म परिवर्तन गर्न दबाब दिँदै कुटपीट गर्न थाले । मुस्लिम कानूनअन्तर्गत उनलाई विवाहको प्रमाणपत्र पनि दिइएन । एक ट्वीटमा प्रिटीले लेखेकी छिन् – ‘मेरा पति अभिजितले आफू मुस्लिम रहेको बताएका छन् । उनीसँग धर्म परिवर्तनको कुनै कागज छैन । आफ्नो डकुमेन्टमा उनले आफ्नो नाम अभिजित पेटकर नै लेख्छन् ।’

तीन वर्षसम्मको प्रेममा पतिले धोका दिएको उनको गुनासो छ । प्रिटी चर्चित टेलिभिजन सिरियल ‘कृष्णदासी’ मा देखिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!