बलिउडकी चर्चित अभिनेत्री माधुरी दीक्षित आफ्नो सोसल मिडिया पोस्टकाकारण पनि चर्चित रहन्छिन् । उनी आफ्ना फ्यानहरुका लागि विशेष महत्व राख्ने तस्विरहरु सार्वजनिक गर्छिन् र त्यस्ता तस्विर प्रायः भाइरल हुने गरेको छ ।
भर्खरै उनले आफ्ना पति श्रीराम नेनेसँगको तस्विर सार्वजनिक गरेकी छिन् । यस तस्विरमा माधुरी दिक्षिण सेतो रंगको वस्त्रमा देखिएकी छिन् । उनका पति श्रीराम नेनेले रातो कलरको टी–सर्ट लगाएका छन् । तस्विरमा उनीहरु एउटा डुुुङ्गामा बसेको देखिन्छ ।

पतिसँगको आफ्नो तस्विर सार्वजनिक गर्दै माधुरी दीक्षितले २०२१ को निकै राम्रो सुरुवात गरिएको जनाएकी छिन् । उनले तस्विरको पोस्टमा लेखेकी छिन्, ‘सागर, हल्का हावा र सूूर्यास्त – एकदम सही सुरुवात ।’ सामाजिक सञ्जालमा यो तस्विर भाइरल भइरहेको छ ।

माधुरीले विवाह गरेको २१ व्र्ष भइसकेको छ । उनीहरुले अक्टुबर १९९९ मा विवाह गरेका थिए । श्रीराम नेने पेशाले डाक्टर हुन् । विवाह गर्ने निर्णय लिएका बेला माधुरी आफ्नो करियरको उच्चमा थिइन् । उनले विवाह गरेर अमेरिका जाने निर्णय गरिन् । तत्कालीन समय डाक्टर श्रीराम नेने लस एन्जलसमा एक हृदय रोग विशेषज्ञका रुपमा कार्यरत थिए ।

बलिउडमा माधुरीले धेरै हिट फिल्म दिएकी छिन् । तेजाव, राम लखन, परिन्दा साजन, त्रिदेव,राजा, खलनायक, दिल, बेटा, हम आपके है कौन, दिल तो पागल हैं लगायत धेरै हिट फिल्ममा माधुरीले अभिनय गरेकी छिन् । उनी अहिले ५३ वर्षकी भइन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!