हिपमत डटकम
बिराटनगर,१२ माघ:गोमा आधिकारी नकुल अधिकारीकी भाउजू हुन् । देउरानी अनुपा अधिकारीले देवर नकुल अधिकारीको सारा सम्पती लिएर अर्कैसँग गएपछि साना छोरीहरु सम्झिदै रुदै मिडियामा आएकी छन् । भदौ महिनामा काठमाण्डौं व्यवसाय गर्नु अघि अनुपाले आफूलाई कुरा गरेको र आफूले नजान सल्लाह दिएको समेत जेठानी गोमाले बताईन् । देवरको अत्याधिक विश्वासका कारण अहिले नकुललाई घर न घाटको बनाएर अर्कैसंग गएको उनी बताउँछिन् । दशैमा पनि छोरीहरुले जान मन नगरेको र स्कुल बिदा हुँदा हुँदै पनि एक दिन मात्र घरमा बसेर गएको उनले बताईन् । छोरीले रुदै जान्न भनेको स्मरण गर्दै गोमाले उनै दुई छोरीलाई सम्झीएर रुन थाल्छिन् ।
नाबालक छोरीहरु समेत लिएर केही महिना देखी अनुपा बेखबर छिन्, उनी कुमार कार्कीसंग हिडेको थाहा भएपनि अहिले सम्म कसैको सम्पर्कमा आएकी छैनन् र प्रहरीले समेत उनलाई खोजिरहेको छ । बिहीबार अनुपा अधिकारीले नकुल र परिवारमाथी आरोप लगाउँदै बेलेपछि नकुलकी भाउजू पनि उक्त आरोपको खण्डन गर्छिन् । अनुपाले सार्वजनिक गरेको अडियोमा नकुलले अश्लिल शब्दले गाली गरेको र घरमा बस्ने वातावरण नभएकाले बाध्य भएर अर्कोसंग जानुपरेको बताएकी थिईन् । भाउजू गोमा अधिकारीले अनुपाको सबै कुराहरु झुटो भएको र आफू चोखिन यस्तो बताएको दाबी गर्छिन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!