तस्बिर -बीरेन्द्रकुमार साह /हिपमत

विराटनगर। प्रदेश १ को राजधानी विराटनगरमा प्रबुद्ध नागरिक समाजको वृहत अन्तरक्रिया भएको छ । पौष ५ गते भएको संसद विघटनले देशमा निम्त्याएको संकटको विषयमा सो अन्तरक्रिया भएको छ ।

विहिवार प्रबुद्ध नागरिक समाज विराटनगरको आयोजनामा प्रत्रकार महासंघको सभाह‘लमा सो अन्तरक्रिया भएको हो । वर्तमान राजनीतिक संकट र त्यसको निकास विषयमा भएको सो अन्तरक्रिया वक्ताहरुले वर्तमान राजनीतिक जटिलताले नेपालको आर्थिक हैसियत सुडन भन्दा पनि तल जाने सम्भावना रहेको बताएका छन् ।

वक्ताहरुको अनुसार जब सम्म राजनीतिलाई सही बाटोमा ल्याउँदैन, राजनीति संग नैतिकता गाँसिदैन, राजनीतिको अपव्याख्या हुन्छ, मुलुकमा आम जनताले सास्ती भोग्नु बाहेकको अन्य विकल्प नै हुँदैन ।

संसद नै नभएको अवस्थामा दातृनियकाहरुबाट प्राप्त हुने सहयोग समेत बाधित हुने भएको छ । राजनीतिक अस्थितरताले मुलुकमा झन् बेरोजगारी बढ्ने, आर्थिक क्षती हुने अवस्था सृजना भएको छ । कोविडको भ्याक्सिन किन्न समेत आर्थिक हैसियत छैन । केही दिन पश्चात तलब दिन समेत समस्या हुनेछ ।

संवेदनशील विषयमा समेत व्यक्तिवादी चरित्र हावी हुँने प्रवृतिले मुलुकलाई अझै संकटमा धकेलेको छ । ३३ वटा राष्ट्रिय गौरवको योजना सहित विराटनगरको औद्योगिक विकास समेत अलपत्रमा परेको छ ।

अन्तरक्रियाका केही वक्ताले मुलुकको वर्तमान अवस्थामा आफुलाई आफैले दोषी मान्दै हरेक क्षेत्रका अगुवा, प्रबृद्ध समाज र आम नागरिकलाई समेत दोषी मानेका छन् । उनका अनुसार शिक्षा, स्वास्थ्य, कृषि, उद्योग लगायत हरेक क्षेत्रमा राजनीतिकरण हुँदा हामी आफ्नो फाइदाको लागि नेताहरुको समर्थन र विरोधमा केन्द्रि भयौं । नेतामा दीर्घकालीन सोंच, मुलुकलाई वैश्विक परिवेशमा अगाडी बढाउने विवेक क्षमता छ छैन त्यतातिर कहिले ध्यान दिएनौं । विभिन्न तिक्रमबाजी गरेर चुनाव जीतेको भरमा नै नेता मान्दै उसको पछाडी लागरे आफ्नो व्यक्तिगत स्वार्थ सिद्धी गर्न लाग्यो । जसको परिणाम स्वरुप सम्मानिय अदालत र संविधानमाथी पनि व्यक्ति हावी भएको छ ।

हामी संगै विकासको क्रममा अगाडी बढेका एशियका चार देशमध्ये चिन, भारत र साउथ कोरियाको हैसियत हामी भन्दा कैयो गुणा अगाडी बढि सकेको छ भने हामी अहिले पनि संविधानकै व्याख्यामा अडकीएका छौ । यदि हामी समयमै सचेत भएनौ, लोकतान्त्रको जग बलियो बनाएनौ, दिशाहिन र नैतिकता विहिन राजनीतिमै अल्झीयो भने हाम्रा संततिले हामीलाई कहिले माफ गर्ने छनै उनीहरुको तर्क रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!