हिपमत डटकम

बिहिबार, पौष २३, २०७७ || 742  पटक पढिएको
विद्यालय पोसाकमै आनन्दकुमारको शव

सिराहाको गोलबजार नगरपालिका ६ डोहटियामा विद्यालय पोसाकमै विद्यार्थीको शव भेटिएपछि शान्ति सुरक्षा नाजुक भएको भन्दै स्थानीयले आक्रोश पोखेका छन् । प्रहरी र स्थानीय बासिन्दाबीच करिब ६ घन्टा घम्साघम्सी भएको छ ।

प्रहरीले बुधबार अपराह्न करिब चार बजेतिर घटनास्थल प्रकृति मुचुल्का उठाएर शव पोस्टमार्टमका लागि लहान ल्याएको छ । गोलबजार १२ बेतौना हरिपुरका किशोर सिंहका छोरा १७ वर्षीय आनन्दकुमार सिंहको शव बुधबार बिहान करिब १० बजेतिर डोहटिया गाउँनजिकै फेला परेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।

विद्यालय पोसाकमै शव भेटिएको स्थानमा उनले प्रयोग गरेको साइकल, ब्लेड र विषादीको बट्टा फेला परेको सिराहा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक शालिग्राम पौडेलले बताए । घटना शंकास्पद देखिए पनि पोस्टमार्टमको रिपोर्ट नआएसम्म केही भन्न नसकिने प्रहरी नायब उपरीक्षक पौडेलले उल्लेख गरे ।

गोलबजार ६ गोलबजारस्थित सिर्जना सेकेन्डरी इंग्लिस बोर्डिङ स्कुलमा कक्षा १० मा अध्ययनरत सिंह मंगलबार दिउँसो टर्मिनल परीक्षा दिएर साथीसँग निस्किए पनि साँझ नफर्किएपछि खोजतलास गर्ने क्रममा बुधबार बिहान करिब १० बजेतिर शव भेटिएको प्रहरीले जनाएको छ । विद्यालय प्रशासनका अनुसार आफ्नै बाबुले पढाइरहेको विद्यालयमा परीक्षा दिएर साथीसँग निस्किएका उनी कोसँग निस्किएका थिए भन्नेचाहिँ खुलेको छैन । मृतक गोलबजारमा बाबुसँगै डेरामा बस्दै आएका थिए ।

प्रहरीका अनुसार मृतकको परिवारले आनन्दको हत्या भएको भन्दै किटानै गरेर ठाडो निवेदन दिए पनि घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतक करिब दुई वर्षअघि अपहरणमा परेर भारत पु¥याइएको केही दिनपछि आफँै अपहरणकारीलाई झुक्याउँदै फर्केर आएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!