हिपमत डटकम

बिहिबार, पौष २३, २०७७ || 652  पटक पढिएको

फेडेरिको किएसाको दुई गोलको मद्दतले युभेन्टसले इटालियन सिरिए एको शीर्ष स्थानमा रहेको एसी मिलानको यो सिजन अपराजित यात्रामा पूर्णविराम लगाउन सफल भएको छ । बुधबार राति भएको खेलमा युभेन्टस ३–१ गोलले विजयी बनेको हो ।

२३ वर्षीय खेलाडीले खेलको १८ औँ मिनेटमा पाउलो डिबालासँग उत्कृष्ट वान–टु पास गर्दै युभेलाई अग्रता दिलाए । तर, पहिलो हाफ सकिन लाग्दा डेभिड कालाब्रियाले मिलानका लागि बराबरी गोल फर्काए ।

दोस्रो हाफमा किएसाले दोस्रो गोल गर्दै युभेलाई पुनः अग्रता दिलाए । पछिल्ला ५ खेलमा उनले चार गोल गरेका छन् । खेलको अन्त्यतिर वेस्टन म्याकेनीले अर्को गोल थप्दै युभेन्टसको जीत सुनिश्चित गरे ।

हारबावजुद मिलान लिगको शीर्ष स्थानमा कायम रहेको छ । इन्टर मिलानले एसी मिलानलाई उछिन्ने अवसर भए पनि ऊ पनि साम्पडोरियासँग २–१ ले पराजित भयो ।

यता, जीतसँगै युभेन्टस लिगको चौथो स्थानमा उक्लिएको छ । आन्द्रे पिर्लोको टोली लगातार १० औँ पटक लिग उपाधि जित्ने होडमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!