हिपमत डटकम

बिहिबार, पौष २३, २०७७ || 694  पटक पढिएको

लियोनेल मेस्सीको दुई गोलमा एथ्लेटिक बिल्बाओलाई पराजित गर्दै बार्सिलोना ला लिगाको तेस्रो स्थानमा उक्लिएको छ ।

खेलमा अग्रता भने बिल्बाओले लिएको थियो । तेस्रो मिनेटमा नै इनाकी विलियम्सले बिल्बाओलाई अग्रता दिलाएका थिए । तर, लगत्तै पेड्रीले गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काए ।

दुईपटक पोष्टमा हिर्काएपछि खेलको ३८ औँ मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । दोस्रो हाफमा अर्को गोल गर्दै मेस्सीले बार्साको अग्रता फराकिलो । बनाए ।

खेलको अन्तिम मिनेटमा इकेर मुनायिनले बिल्बाओका लागि अर्को गोल थपे पनि हारबाट जोगाउन सकेनन् ।

बार्सिलोना ला लिगामा पछिल्ला ७ खेलमा अपराजित रहेको छ जसमध्ये ५ मा जीत र दुईमा बराबरी गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!