हिपमत डटकम
बिराटनगर,१२ माघ:मैथिली भाषाको गीती म्युजिक भिडियो ‘बडा ब्यूटीफुल’ सार्वजनिक गरिएको छ । म्युजिक भिडियो निर्माण टिमले बुधबार सिरहाको गोलबजारस्थित एबी मलमा पत्रकार सम्मेलन गरी उक्त गीत तथा भिडियो रिलिज गरेको हो । गीतका गायकसमेत रहेका अमर रकले निर्माण गरेको यो गीत न्यू मैथिली सङ्ग २०२० नामक यूट्युब च्यानल मार्फत् सार्वजनिक गरिएको छ ।

अमर रकको स्वरले सज्जित यस गीतको रचना जगमोहन साहले गरेका छन् । गीतको म्यूजिक भिडियोमा शान थापाको निर्देशन रहेको छ भने अभिनय सुनिल क्षेत्री, अञ्जली अधिकारी र स्वयं गायक रक्कसमेतको रहेको छ ।

एकाउस्टिक नेपाल स्टुडियोमा रेकर्डिङ गरिएको उक्त गीतमा हरी लम्सालले संगीत सजाएका छन् । बडा ब्यूटीफुल म्युजिक भिडियोमा प्रोडक्सन म्यानेज मनोज जोशीले गरेका छन् भने कोरियोग्राफी राजीव समरको रहेको छ ।

मैथिली संगीत क्षेत्रमा पहिलो पटक फोरके क्वालिटीमा निर्माण गरिएको यस म्युजिक भिडियोले रिलिज भएसँगै निकै राम्रो रिस्पोन्स पाइरहेको छ । मैथिली भाषाको संगीत दुनियाँमा सबैभन्दा महँगो दावी गरिएको यस गीती म्युजिक भिडियो निर्माण र प्रोमोशनमा गरी करिब साढे ६ लाख रुपैयाँ खर्च भएको निर्माण टिमले जनाएको छ ।

मैथिली भाषामै पहिलो पटक सबैभन्दा बढी लगानी र मेहनेतले बनाइएको यो म्यूजिक भिडियो दर्शक र श्रोतामाझ लोकप्रिय हुने निर्माता एवं गायक रकले विश्वास लिए । नयाँपन र फरकपनको अभावमा पछाडि परेको मैथिली ईन्डट्रीलाई प्रोमोट गर्न पनि यो म्युजिक भिडियोले मद्दत पुग्ने उनले दावी गरे ।

बडा ब्यूटीफुल गीती भिडियोले नयाँ एवं फरक अन्दाजको गीत तथा भिडियो निर्माणको लागि कत्तिको मेहनेत चाहिन्छ भन्ने संदेश दिने पनि उनले बताए । बढ्दो कपीपेस्ट प्रवृतिले ओझेलमा परेको मैथिली संगीत क्षेत्रलाई नयाँ उचाईमा पुर्याउन अब नयाँपन र फरकपनको आवश्यकता रहेको उनले बताए ।

भारतको मुम्बईमा संघर्ष गरेर आफ्नै माटीपानीमा मौलिकता खोज्न आएका अमरले हिन्दी, नेपाली, भोजपुरीभन्दा आफ्नो मौलिकतालाई कसिलो बनाउन मैथिली गीतको बजारीकरण आवश्यक रहेको औल्याए ।

मैथिली संगीत क्षेत्रलाई उकास्न आफ्नो टिमले क्रमशः विशुद्ध नयाँ र फरक अन्दाजको म्यूजिक भिडियोहरु ल्याउन लागेको पनि निर्माता रकले जानकारी गराए । यसका लागि सबैको माया, साथ र सहयोगको अपेक्षा उनले लिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!