आइतबार, माघ १२, २०७६ || 2207  पटक पढिएको

हिपमत डटकम
काठमाडौँ ,१२ माघ: राजधानीको नयाँ बसपार्क क्षेत्रबाट प्रहरीले गैरकानुनी क्रियाकलापमा संग्लन ५५ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ४१ पुरुष र १५ महिला रहेका छन् ।

महानगरीय प्रहरी वृत्त महाराजगन्ज र महानगरीय प्रहरी परिसर काठमाडौँको संयुक्त टोलीले चेकजाँचको क्रममा शनिबार उनीहरुलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी बृत्त महाराजगन्जका डीएसपी उमेश लम्सालले जानकारी दिए ।
पक्राउ पर्नेमा केही होटल तथा गेष्ट हाउस संचालक पनि रहेको र सबैलाई महाराजगन्ज बृत्तमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
नयाँबसपार्क तथा गंगबु क्षेत्रमा प्रहरीले शुद्धीकरण अभियान सञ्चालन गरेर प्रहरीले गलत क्रियाकलापमा संलग्नलाई कारबाही गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!