हिपमत डटकम

मंगलबार, पौष २१, २०७७ || 546  पटक पढिएको

युुभेन्टस्का डिफेन्डर एलेक्स सान्द्रोलाई कोरोना भाइरस संक्रमण भएको छ । ब्राजिली स्टा सान्द्रो आइतबार टुरिनमा युभेन्टस्ले उडिनेसेलाई ४–१ ल्े हराउँदाको खेलमा उपस्थित थिए । त्यसयता, हल्का लक्षण देखिएपछि उनको चेकजाँच गरिएको क्लबले जनाएको छ । ‘केही हल्का लक्षण देखिएपछि खेलाडी एलेक्स सान्द्रोको चेकजाँच गरिएको थियो र नतिजा पोजेटिभ देखिएको छ’ क्लबले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

यी खेलाडी आइशोलेसनमा बसिसकेका छन् । उडिनेसेविरुद्ध ८३ औं मिनेटसम्म उनी मैदानमा थिए, त्यसपछि भने जियानगुका फ्राबोट्टाले उनलाई प्रतिस्थापन गरे । यतिबेलासम्म युुभेन्टस् खेलमा ३–० ले अघि थियो । आन्द्रे पिर्लोको प्रशिक्षणमा २०२०–२१ सिजनमा सान्द्रोले ७ वटा लिग खेल खेलेका थिए । उनले च्याम्पियन्स लिगमा समेत तीनवटा खेल खेले ।

सान्द्रोले २०१५ यता युुभेन्टस्बाट १ सय ४० खेल खेल्दै ११ गोल गरेका छन् । युुभेन्टस् आउनुुअघि उनले पोर्चुगिज क्लब पोर्टोबाट चार वर्ष खेलेका थिए । २०११ यता ब्राजिलबाट २३ खेल खेल्दै उनले एक गोल पनि गरेका छन् । ब्राजिलले दुुई वर्षअघि कोपा अमेरिका फुटबलको उपाधि जित्दा सान्द्रोले महत्वपूर्ण भूमिका खेलेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!