हिपमत डटकम

मंगलबार, पौष २१, २०७७ || 545  पटक पढिएको

लिभरपुलको प्रिमियर लिग उपाधि रक्षा गर्ने अभियानमा साउथह्याम्पटनले ठूलो धक्का दिएको छ । सोमबार राति भएको खेलमा लिभरपुल साउथह्याम्पटनसँग पराजित भएको हो ।

ड्यानी इंग्सले खेलको दोस्रो मिनेटमा गरेको एक मात्र गोल खेलमा निर्णायक बन्न पुग्यो । प्रिमियर लिगमा इंग्सको यो ५० औँ गोल थियो ।

योर्गन क्लपको टोलीले यो सिजन लिगमा ब्यहोरेको यो दोस्रो पराजय थियो । हारका बावजुद गोलअन्तरको आधारमा लिभरपुल लिगको शीर्ष स्थानमा कायम छ । तर, लिभरपुलले पछिल्ला खेलहरुबाट ९ अंक बटुल्न सक्नेमा मात्र २ अंक बटुलेको छ ।

यदी म्यान्चेस्टर युनाइटेड र म्यान्चेस्टर सिटीले आफ्ना बाँकी खेल जिते लिभरपुललाई शीर्ष स्थानमा उछिन्न सक्नेछ । १७ खेलबाट लिभरपुलको ३३ अंक रहेको छ भने १६ खेल खेलको युनाइटेडको ३३ र १५ खेल खेलेको सिटीको २९ अंक रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!