हिपमत डटकम

सोमबार, पौष २०, २०७७ || 549  पटक पढिएको

पाकिस्तान विरुद्ध केन विलियम्सनको शतकीय पालीको मद्दतले न्यूजील्यान्डले दोस्रो टेस्ट क्रिकेटको दोस्रो दिनको खेल समाप्त हुँदा तीन विकेटको क्षतिमा २८६ रन बनाएको छ ।

पाकिस्तान विरुद्ध विलियम्सन र हेनरी निकोल्सले २१५ रनको साझेदारी गरिसकेका छन् ।

क्राइस्टचर्चको मैदानमा ७१ रन बनाउँदा तीन विकेट गुमाएको न्यूजील्यान्डले त्यसपछि कुनै विकेट गुमाएन । क्रिजमा विलियम्सन ११२ र निकोल्स ८९ रन बनाएर खेलिरहेका छन् । भाग्यशाली रहेका विलियम्सनले तीन पटक जीवनदान पाएका थिए ।

न्यूजील्यान्डका लागि टम लथमले ३३, ब्लन्डेलले १६ र रस टेलरले १२ रन बनाएका थिए ।

पहिलो इनिङमा पाकिस्तानले २९७ रन बनाएको थियो । न्यूजील्यान्ड अझै ११ रनले पछि छ, तर उसका सात विकेट अझै बाँकी छन् ।

पहिलो टेस्टमा न्यूजील्यान्डसँग पाकिस्तान १०१ रनले पराजित भएको थियो

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!