हिपमत डटकम

सोमबार, पौष २०, २०७७ || 769  पटक पढिएको

दिवंगत बलिउड अभिनेता इरफान खानको अन्तिम फिल्म रिलीज हुने भएको छ । उनको अन्तिम फिल्मको पोस्टर रिलीज भएको छ ।

बलिउडका ट्रेड एनालिस्ट तरण आदर्शले फिल्म रिलीज हुने जानकारी दिएका हुन् । उनले फिल्मको पोस्टर सेयर गर्दै लेखेका छन्, ‘इरफान खानको अन्तिम फिल्म । ‘द सॉन्ग ऑफ स्कॉर्पियंस’ सन् २०२१ मा रिलीज हुनेछ । यो फिल्म अनुपम सिंहको निर्देशनमा बनेको हो । प्यानोरमा स्पोटलाइट र ७०mm टोकिजद्वारा प्रस्तुत ।’

लामो समयदेखि थन्किएको यो फिल्मलाई निर्माताहरुले अब रिलीज गर्ने बताएका हुन् । तीन वर्ष पहिले फिल्मको प्रीमियर स्विट्जरल्याण्डको लोकार्नो फिल्म फेस्टिवलमा भएको थियो ।

उक्त फिल्म आदिवासी महिला नुरनमा आधारित छ । उक्त महिला बिच्छीको विष निकाल्ने काम गर्छिन् । राजस्थानको ज्यासलमेरमा बिच्छीले डसेको व्यक्तिको मृत्यु २४ घण्टाभित्र हुने र यदि कोहि आएर उक्त विष निकालिदिएका व्यक्तिको ज्यान बच्ने बताइन्छ । नुरन त्यही महिला हुन् जो विष निकाल्ने काम गर्छिन् । इरफानको फिल्ममा भूमिका उनै नुरनको मायामा मोहित हुने व्यक्तिको रुपमा रहेको छ ।

फिल्म निर्माताहरुले इरफान खानप्रति श्रदाञ्जली अर्पण गर्दै फिल्म रिलीज गर्ने तयारी गरेको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!