हिपमत डटकम

सोमबार, पौष २०, २०७७ || 723  पटक पढिएको

लियोनल मेस्सीको पुनरागमनपछि बार्सिलोनाले हुएस्कामाथि ०–१ को जित हात पारेको छ । बार्सिलोनाको एक मात्र गोलमा लियोनल मेस्सीले सघाउनुभयो ।

हुएस्काको घरेलु मैदानमा स्पेनिस ला लिगा अन्तगर्त गएराति सम्पन्न खेलमा मेस्सीले बललाई उचाल्दै फ्रेन्की डे जङ्गसम्म पुर्याउँदा जङ्गले गोलको दिशा दिनुभयो ।

पहिलो हाफमै मेस्सीले गर्नुभएको फ्री किक क्रसबारबाट उछिट्टिएपछि बार्सिलोनाले सुरुवाती अग्रता लिनबाट चुक्यो । तर २७ औं मिनेटमा मेस्सीको सहयोगमा जङ्गले गर्नुभएको गोल निर्णायक रहन गयो । दोस्रो हाफमा हुएस्काका राफा मीरले गोलपोष्ट नजिकबाट गर्नुभएको प्रहार गोलमा परिणत हुन सकेन ।
ऐबरसँग १–१ को बराबरी खेल्दा अङ्क बाँड्न पुगेको बार्सिलोनाको हुएस्का विरुद्धको जितमा मेस्सी, ओसमाने डिम्बाला र पेड्रिको प्रयास महत्वपूर्ण रह्यो । गोलकिपर अल्भारो फर्नान्डेजले उत्कृष्ट बचाब गर्नुभयो ।
जितसँगै बार्सिलोना शीर्ष स्थानको एटलेटिको मड्रिडभन्दा दश अङ्क कम २८ अङ्क बटुलेको छ । एटलेटिकोले बार्सिलोनाभन्दा एक कम १५ खेल खेलेको छ । दोस्रो स्थानको रियल मड्रिडले १७ खेलबाट ३६ अङ्क बटुलेको छ । रियल सोसिडाडको ३० र चौथो स्थानको भिल्लारियलको २९ अङ्क छ ।
मेस्सीले बार्सिलोनाका लागि ७५० औं खेल र ला लिगामा ५०० औं खेल पुरा गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!