हिपमत डटकम

सोमबार, पौष २०, २०७७ || 1676  पटक पढिएको

बलिउडमा चर्चित फिल्म हो – धुम । सन् २००४ मा सुरु भएको यो फिल्मको सीरीजले बक्स अफिसमा थुप्रै रेकर्ड तोडेको छ ।

धुम, धुम २, धुम ३ पछि धुम ४ को खबरले चर्चा पाइरहेको छ । फिल्ममा उदय चोपडा र अभिषेक बच्चनको भूमिका सधैँ रहने गर्छ । तर भिलेन को बन्दैछ ? भन्ने विषयमा सबैलाई चासो रहने गर्छ ।

यसको भिलेनको भूमिकामा शाहरुख खान र रणवीर सिंह जस्ता नामहरु चर्चामा आएको थियो तर भारतीय एक न्यूज पोर्टलका अनुसार अब यस भूमिकामा अभिनेत्री दीपिका पादुकोणलाई लिइएको छ ।

धुम –४ का लागि मेगा बजेट फिल्ममा दीपिका पादूकोण महिला भिलेनको रुपमा लिइनेछ ।

दीपिका उक्त फिल्ममा एक स्टाइलिश चोरको रुपमा देखिने बताइएको छ ।

धुमको पहिलो सीरिज सन् २००४ मा रिलीज भएको थियो जसमा भिलेनको भूमिकामा जोन अब्राहम थिए । त्यसपछि दुई वर्षपछि धुम २ आएको थियो जसमा ऋतिक रोशनलाई र ऐश्वर्या रायलाई कास्ट गरिएको थियो । जसको अर्को सीरिज धुम ३ लामो समयपछि आयो । जसमा आमिर खानले धुम मच्चाएका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!