शनिबार, कार्तिक ३०, २०७६ || 1612  पटक पढिएको

सीमानामा काँडेतार लगाउन यी दम्पतीले ५० लाख सहयोग गर्ने

झाापा/  नेपाल–भारत सीमा क्षेत्रमा काँडेतार लगाउने भन्ने बहस लामो समय देखि चल्दै आएको छ । भारतीय पक्षले पटकपटक गर्ने सीमा अतिक्रमणबाट हैरान भएका नेपाली जनताहरुले यसलाई अभियानका रुपमा लिन खोज्दैछन् । सरकारले साथ दिएमा जनता आफैंले काँडेतार लगाउन सक्ने देखिएको छ । यस्तै अहिले कालापानी, सुस्ता, लिपुलेक लगायतको भुभाग भारतले कब्जा गरेपछि सीमामा तारबार लगाउने कुरा सुरु भएको छ ।

लामो समय देखि देश बाहिर रहेर समाजसेवा गर्दै आउनु भएका हेम थापाले पनि यस अभियानका लागि ५० लाख सहयोग गर्ने बताउनु भएको छ । प्रत्येक देशभक्त नेपाली आर्थिक मात्रै नभई श्रमदान पनि गर्न तयार छ । थापाले सामाजिक सञ्जाल फेसबुकमा लेख्नु भएको छ, नेपाल र इन्डियाको सीमानामा काँडे तारबार लगाऊने मेरो योजना हो । यो काम प्रत्त्यक्ष नेपाल सरकार र इन्डिया सरकारको सहमति बिना सम्भब छैन ।

सम्भब छैन भनेर कानमा तेल लगाएर बस्नुपनि भएन । हामी नेपाल सरकार मार्फत जानुपर्छ , यो राम्ररी मलाई थाहा छ । यो प्रोसेस पनि हुदैछ । अहिले चै हामीले सीमानामा गएर सन्देश मुलक कार्यक़्रम गरू भन्ने मात्र हो । यसमा मैले अहिले नै कसै संग पैसा उठाउने भनेको छैन । यस्तो अवस्थामा पैसा ऊठाएमा यो गलत हुनेछ । सीमानामा जाँदाको खर्च मात्र हो । म पनि सहयोग गर्छु । तर अहिले नै सीमानामा काँडेतार लगाऊने भनेर पैसा नऊठाऊनु होला कसैले पनि ।

समय आएपछि सबैलाई भनौला, अहिले हैन । गरीब दुःखी को पसिना लाई दुरपयोग गर्नु हूँदैन ।’ यो सँगै उहाँले अर्को पनि एक स्टाटस राख्नु भएको छ । उहाँले भन्नुभएको छ, ‘नेपाल सरकारले कानुनी अबरोध लाई खुल्ला गरी जनतालाई सरकारको सहयोग भएमा नेपाल र इन्डियाको सीमानामा पर्खाल सहितको काँडेतारबारको लागि मेरो व्यक्तिगत सहयोग २० लाख देखि ५० लाख रहनेछ । यो मेरो बचन भयो ।

https://m.facebook.com/story.php?story_fbid=544753599649100&id=100023433931688

ढुंगामा लेखेर राख्नु होस् । देश र जनताको लागी ज्यान दिन तयार छु । यो रकम काम पुरा हूँदासम्म लगानी हुनेछ । म आफै पनि प्रत्यक्ष भौतिक सहयोग २–४ साल खटेर गर्नेछु । मात्र नेपाल सरकार र जनताको सहयोग चाहियो । हाम्रो आमालाई बचाऊन सबै एकजुट हौ । कसैले अन्यथा नलिनुहोला ।

मलाई देश र जनताको अति माया लाग्छ । मेरो कुनै स्वार्थ छैन । मेरो भित्री मनले भनेको हुँ । मलाई कुनै लोभ लालच छैन । मलाई कुनै केही चाहिएको छैन । मैले जे गरेको छु , गर्दैछु देश जनताको लागि मात्र हो । मेरो परीवार र मेरो आफ़न्तको लागि गरेको होईन । यो एकदम किल्यर हुनुहोला । मनमा जे छ बाहिर पनि त्यही बोल्छु । म कुनै कुरा लुकार चपार गर्दिन !’

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!