हिपमत डटकम

शनिबार, पौष १८, २०७७ || 742  पटक पढिएको

विश्वले २०२० लाई विदा गरेर २०२१ को स्वागत गर्दैछ । स्वर्गीय अभिनेता इरफान खानका छोरा बाबिल खानले नयाँ वर्षको पहिलो दिनमै पितालाई सम्झिएका छ । उनले इरफानको तस्विर शेयर गर्दै सबैलाई नयाँ वर्षको शुभकामना दिएका हुन् ।

इरफानका ठूला छोरा बाबिल सामाजिक सञ्जालमा निकै सक्रिय रहन्छन् । उनी विशेष अवसरहरुमा आफ्ना बाबुको स्मरण गर्दै केही तस्विरहरु अपलोड गर्छन् । नयाँ वर्षमा बाबिलले आफ्नो इन्स्टाग्राम एकाउन्टमार्फत बाबुसँग

बिताएका क्षणहरुका तस्विर शेयर गरेका हुन् । पहिलो तस्विरमा उनी बाबुसँग आराम गरिरहेको अवस्थामा देखिन्छन् भने दोस्रो तस्विरमा कुराकानी गरिरहेका छन् ।

बाबुलले तस्विरसँगै लेखेका छन्, ‘आगामी गन्तव्य तपार्इं बिना नै, तर तपार्इंको राम्रो कुराको साथ । सबैलाई नयाँ वर्षको शुभकामना ।’ बाबिलको यस पोस्टमा इरफानका धेरै फ्यानहरुले प्रतिक्रिया दिइरहेका छन् ।

२९ अप्रिल २०२० मा ५३ वर्षको उमेरमा इरफानको निधन भएको थियो । उनी पछिल्लो केही वर्षदेखि क्यान्सरसँग लडिरहेका थिए । इरफान अभिनित अन्तिम फिल्म ‘द सङ अफ स्कर्पियन्स’ चाडं रिलिज हुनेवाला छ ।

https://www.instagram.com/p/CJePMX8Ax6S/

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!