हिपमत डटकम

शनिबार, पौष १८, २०७७ || 747  पटक पढिएको

सुनसरीको इटहरी उप-महानगरपालिका-९ बाट नियन्त्रीत लागुऔषध गाँजा सहित १ जना पक्राउ परेका छन् ।

गाँजाको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरी टोलीले मोरङको केरावारी गाऊँपालिका-१ का २४ बर्षीय मान बहादुर लिम्बुलाई शुक्रबार बिहान राती १ बजे २ केजी ७०० ग्राम गाँजा सहित नियन्त्रणमा लिएको हो ।

साथै लिम्बुले गाँजा ओसार पसारमा प्रयोग गर्दै आएको को १४ प ९२०९ नम्बरको मोटरसाईकल समेत नियन्त्रणमा लिईएको छ ।

यसै गरि मोरङ केराबारी-१० खदम खोला स्थित एरियाबाट दुई जना गाँजा सहित पक्राउ परेका छन । पक्राउ पर्नेमा मोरङ केराबारी-७ का १७ बर्षीय बिशेष राई र सोही स्थानका १९ बर्षीय बिपिन लिम्बु रहेका छन । उनिहरुलाई ईलाका प्रहरी कार्यालय केराबारीबाट गस्तीमा खटिएको प्रहरी टोलीले शुक्रबार बेलुका ६ बजे २ केजी गाँजा सहित पक्राउ गरेको हो । यसरी लागुऔषध गाँजा सहित पक्राउ परेका तिनै जना उपर थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!