हिपमत डटकम

शनिबार, पौष १८, २०७७ || 681  पटक पढिएको

बलिउडमा सुपरस्टारका रुपमा स्थापित अभिनेता सलमान खानको नाम अहिलेसम्म थुप्रै युवतीहरुसँग जोडिइसकेको छ । उनी अभिनेत्री ऐश्वर्या रायदेखि लिएर कैटरीना कैफसँग पनि प्रेमसम्बन्धमा थिए । उनको पछिल्लो समय कैटरीनासँग सम्बन्ध टुटेको थियो ।

सलमान र कैटरीनाले एकसाथ पार्टनर, युवराज र एक था टाइगरमा काम गरेका थिए । यी दुईको जोडीलाई पनि निकै राम्रो प्रतिक्रिया प्राप्त भएको थियो । फिल्ममा काम गर्ने क्रममा नै उनीहरु एक अर्कासँग नजिकिएका थिए ।

तर उनीहरुको केही समयमा ब्रेकअप भयो । मिडिया रिपोर्टका अनुसार सलमानको रिसका कारण उनीहरुको ब्रेकअप भएको थियो । ब्रेकअपपछि पनि सलमान र कैटरीना एक अर्काको असल साथी हुन् ।

यसैबीच, सलमान खानले द कपिल शर्मा शोमा अझै पनि कैटरीनाको फोटोहरु जुम गर्दै हेर्ने गरेको खुलाएका छन् । उनी कैटरीनालाई फलो गरिरहने र उनका फोटोहरु हेर्ने गरेको बताउँछन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!