हिपमत डटकम

शुक्रबार, पौष १७, २०७७ || 912  पटक पढिएको

मैतिदेवी र पुरानो बानेश्वर बीचमा रहेको सन्दुस सहकारीको कलेक्टरमाथि बुधवार दुई जनाले छुरा हाने । अनि, साथमा रहेको पैसाको झोला लुटेर भागे । चावहिलको सो घटना अनुसन्धान गर्ने महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी वृत गौशालाको टोलीलाई अर्को सफलता हात लागेको छ । प्रहरीले सहकारीका कलेक्टर प्रेम गजमेरलाई छुरा हान्नेलाई भोलिपल्ट पक्राउ गरे । उनीहरुसँगै थप ३ जना स्कुटर र मोटरसाइकल चोरलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

स्कुटर र मोटरसाईकल चोरीमा संलग्न कमलाक्षी घर भएका २९ वर्षीय रोहन शाही नेपाली, जुम्लाका हरि शर्मा र काठमाडौंको नरदेवी घर भएका २२ वर्षीय अभय तुलाधरलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ । उनीहरुबाट चोरी गरेको ३ वटा स्कुटर र एउटा मोटरसाईकल प्रहरीले बरामद गरेको छ ।

विगतमा सो समूह गुडिरहेको गाडीबाट चुरोट, कपडा र टिभी चोरेर बिक्री गरेको आरोपमा पटक–पटक थुनामा परेको थियो । अहिले उनीहरु मोटरसाईकल चोरी र लुटपाटमा लागेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । पुस १५ मा चावलिह ए–वान क्याफे नजिकै २५ वर्षीय प्रेम गजमेरलाई लुट्ने नरदेवी घर भएका अमित तुलाधर र रोहित शाहीलाई गौशाला प्रहरीले डाँका र ज्यानमार्ने उद्योगमा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

बा.५९प २९५६ नम्बरको डिओ स्कुटरमा गएका अमित र रोहितले गजमेरलाई छुरा हानेर १ लाख ६६ हजार ९ सय रुपैयाँ लुटेको प्रहरीलाई बताएका छन् । गजमेरले आफ्नो २ लाख रकम लुटिएको दाबी गरेका छन् । महाराजगञ्ज स्थित अमितको कोठाबाठ प्रहरीले २६ हजार नगद र घटनामा प्रयोग भएको दुईवटा रामपुरी चक्कु बरामद गरेको छ । आरोपीको कोठामा सन्दुस सहकारीको कागजात पनि फेला परेको डिएसपी बस्नेतले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!