खबर ठुलो छ

हिपमत डटकम
काठमाडौं ,१२ माघ :‘दिल तो ह्याप्पी हे जी’ बाट चर्चामा आएकी टिभी नायिका सेजल शर्माले शुक्रबार आफ्नो निवासमा आत्महत्या गरेकी छिन् । उनको शव पंखामा पछ्यौरामा झुण्डिरहेको अवस्थामा भेटिएको थियो । मूल रुपमा उदयपुरकी सेजल आफ्नो आमा–बुवाको इच्छा विपरित सन् २०१७ मा मुम्बई आएकी थिइन् । सुसाइड नोटमा उनले आत्महत्याको कारण डिप्रेशन बताएकी छिन् । उनको मृत्युको खबर सुन्ने बित्तिकै प्रशंसक दुखी भए र इन्स्टाग्राममा उनको नामले बनेको अकाउन्टमा कमेन्ट गर्न थाले । यो क्रममा धेरै प्रशंसकले यसै नामसँग मिल्दोजुल्दो अर्की नायिका सेजल शर्मालाई श्रद्धाञ्जली दिन सुरु गरे जसका कारण ती नायिकाले सोसल मिडियामा स्पष्टिकरण दिनुपर्‍यो ।

सेजल शर्मालाई श्रद्धाञ्जली दिन थाले प्रशंसकः

सेजलले आफ्नो इन्स्टाग्राम अकाउन्टमा लेखिन्, ‘हेलो, म आफ्ना सबै साथी र प्रशंसकलाई आफू जिउँदो भएको जानकारी दिन चाहन्छु । म नायिका सेजल शर्माको आत्महत्याको खबर सुनेर स्तब्ध र दुखी भएकी छु । म सबैलाई यो आग्रह गर्न चाहन्छु कि यदि तपाईं जीवनमा दुःखी र डिप्रस्ड हुनुहुन्छ भने कृपया मृत्युलाई अँगालो नहाल्नुहोस् । आत्महत्या कुनै पनि समस्याको हल होइन । मिडियाले मेरो तस्बिर प्रयोग गरेकोमा पनि रुष्ट छु । उनीहरुले यस्तो गर्दा मेरा आफन्तबीच निकै कोकोहोलो मच्चिएको थियो ।’

 

प्रतिक्रिया दिनुहोस
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया