हिपमत डटकम

शुक्रबार, पौष १७, २०७७ || 909  पटक पढिएको

सहकारीमा कलेक्टरको काम गर्ने प्रेम गजमेर दिन दहाडै लुटिएका छन् । बुधवार दिउँसो चावहिलस्थित ओम अस्पताल नजिकै अपरिचित व्यक्तिले उनलाई छुरा हाने अनि, झोला लिएर भागे । उनको झोलामा दुईलाख रुपैयाँ थियो ।

पुरानो बानेश्वरस्थित सन्दुक सहकारीका कलेक्टर हुन् गजमेर ।

सिसिटिभी फुटेजको आधारमा महानगरीय अपराध महाशाखा र प्रहरी वृत गौशालाको टोलीले लुटपाटमा संलग्न २ जनालाई पक्रेको छ । लुटपाटमा संलग्न दुई जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत गौशालाका डिएसपी जितेन्द्र बस्नेतले  बताए ।

पक्राउ पर्नेमा महाराजगञ्ज बस्ने २७ वर्षीय अमित तुलाधर र नरदेवी बस्ने १८ वर्षीय रोहित शाही छन् । अमित र रोहित सहितको समुह काठमाडौँमा लुटपाट र चोरीमा संलग्न रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । उनीहरुलाई डाँका र ज्यान मार्ने उद्योग मुद्दा चलाउने प्रहरीको तयारी छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!