म्यान्चेष्टर यूनाइटेडका एडिन्सन काभानीमाथि तीन खेलको प्रतिबन्धसँगै एक लाख यूरो जरिवाना तोकिएको छ । सामाजिक सञ्जालमा आपत्तिजनक टिप्पणी गर्नुभएको आरोपमा दोषी ठहर भएपछि उहाँमाथि प्रतिबन्धसहित जरिवाना तोकिएको हो ।
उरुग्वेका ३३ वर्षीय काभानीले फुटबल संघमाथि आपत्तिजनक टिप्पणी गर्नुभएको प्रकरणमा दोषी ठहर हुनुभएको हो । २९ नोभेम्बरमा साउथम्प्टन विरुद्ध जित हात पारेपछि काभानीले उक्त टिप्पणी गर्नुभएको थियो । उक्त खेलमा यूनाइटेडले ३–२ को जित हात पारेको थियो ।

उहाँको टिप्पणीको आलोचना भएपछि उक्त पोष्ट मेटाउनुका साथै क्षमा माग्नुभएको थियो । जरिवाना र प्रतिबन्धसँगै काभानीले आचरण सम्बन्धी कक्षा समेत लिनुपर्नेछ । एफएले उहाँ विरुद्धको आरोप डिसेम्बर १७ मा दत्र्ता गरेको थियो । सजायपछि यूनाइटेडले काभानीको बचाउ गर्दै रङ्गभेद विरुद्ध काभानी सधैं उभिएको वक्तब्य जारी गरी उल्लेख गरेको छ । स्वतन्त्र नियामक आयोगले काभानीको पोष्टमा नियतवश रङ्गभेदलाई प्रश्रय दिने वा गर्ने वाक्य उल्लेख नगरेको प्रष्ट्याउने यूनाइटेडले विश्वास जनाएको छ ।

काभानीमाथि लगाइएको प्रतिबन्ध तात्कालै लागू हुनेछ । फलस्वरुप म्यान्चेष्टर यूनाइटेडको आज हुने आष्टन भिल्लाविरुद्धको खेलमा काभानी उत्रिनुहुने छैन् । जनवरी छ मा इएफएल कप सेमीफाइनलमा उहाँले म्यान्चेष्टर सिटी विरुद्धको खेल र एफए कपको तेस्रो राउण्डमा वार्टफोर्ड विरुद्धको खेल समेत गुमाउनुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!