बलिउड नायिका दीपिका पादुकोण यतिबेला आफ्ना श्रीमान् तथा बलिउड नायक रणबीर सिंहसँग राजस्थान जयपुरमा नयाँ वर्षको उत्सव मनाइरहेकी छिन् । यसैबीच नायिकाले आफ्नो सोसल मिडिया अकाउन्टमा ठूलो परिवर्तन गरेकी छिन् । दीपिका पादुकोणको सबै सोसल मिडिया – इन्स्टाग्राम, ट्वीटर, फेसबुक खाली भएका छन् । दीपिकाको सबै सोसल मिडिया अकाउन्टमा उनका सबै पोस्ट डिलिट भइसकेका छन् र यसले धेरैमा उत्सुकता जगाएको छ ।

यतिमात्रै होइन, दीपिकाका अकाउन्टको पोस्ट डिलिट हुनुका साथै उनको प्रोफाइल फोटो पनि परिवर्तन भएका छन् । उनको सबै सोसल मिडिया अकाउन्टमा उनको फोटोको साटो ‘इन्डिया टुडे’ म्यागजिनको कभर फोटो राखिएको छ । अब दीपिका आफैंले पोस्ट डिलिट गरेकी हुन् कि उनको अकाउन्ट ह्याक भएको हो वा उनको आउँदो फिल्मको प्रोमोशनको कुनै तरिका हो भन्नेबारे कुनै जानकारी प्राप्त हुन सकेको छैन ।

दीपिका सोसल मिडिया प्लेटफर्ममा निकै सक्रिय रहन्छिन् । उनी आफ्ना फोटो पोस्ट गर्नुका साथै आफ्ना विभिन्न क्रियाकलाप पनि पोष्ट गर्ने गर्छिन् । दीपिका पादुकोणको इन्स्टाग्राममा ५ करोड बढी फलोअर्स छन्, यस्तै ट्वीटर र फेसबुकमा पनि उनका राम्रै फलोअर्स छन् ।

 

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!