हिपमत डटकम काठमाडौं ,१२माघ ,नेकपाका नेता अग्नि सापकोटालाई प्रतिनिधिसभाको सभामुख बनाउन नहुने माग राख्दै परेको रिट निवेदनमाथि सर्वोच्च अदालतले आइतबार प्रारम्भिक सुनुवाई गर्दैछ । न्यायाधीश हरिप्रसाद फुँयालको इजलासमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दर्ता गरेको निवेदनको पेशी तोकिएको हो ।संघीय संसद् भवन नयाँ बानेश्वरमा सभामुख पदका लागि मनोनयन दर्तापछि नेकपाका सांसद अग्नि सापकोटा । हत्याको आरोप लागेका नेकपाका सांसद अग्निप्रसाद सापकोटालाई प्रतिनिधीसभाको सभामुख बनाउन नहुने भन्दै सर्वोच्च अदालतमा शुक्रबार रिट निवेदन दर्ता भएको थियो । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सापकोटालाई सभामुख बनाउनबाट रोक्न आदेश जारी हुनुपर्ने माग राख्दै निवेदन दर्ता गराएका हुन् ।गम्भिर अपराधको उजुरीमा अनुसन्धानमा परेका व्यक्तिलाई सभामुख बनाउन नहुने भन्दै त्रिपाठीले निवेदन दिएका हुन् । उनले सापकोटा विरुद्धको उजुरी गम्भिर प्रकृतिको भएको भन्दै अनुसन्धानका लागि विशेष कार्यदल गठनको माग समेत गरेका छन् । रिट निवेदनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, प्रतिनिधी सभा सचिवालय, अग्नि सापकोटा, प्रतिनिधीसभाका जेष्ठ सदस्य महन्थ ठाकुर, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालयलाई विपक्षी बनाइएको छ ।साभार ईकान्तीपुर