हिपमत डटकम

बिहिबार, पौष १६, २०७७ || 526  पटक पढिएको

भीमदत्त नगरपालिका–१८ मामाभान्जाचोक नजिकबाट प्रहरीले गए राति गोरु गाडासहित अवैध काठ बरामद गरेको छ । गोरुगाडामा अवैधरूपमा लग्दै गरेको ११ थान (१३ दशमलव ७४ क्युविक फुट) सालको काठ बरामद गरेको छ । भीमदत्त नगरपालिका–१८ का ३७ वर्षीय रमेश चौधरी, सोही ठाउँ बस्ने २४ वर्षीय कृष्ण चौधरी र ३५ वर्षीय जयराम चौधरी सवार गोरुगाडमा लुकाइछिपाइ ल्याइएको अवस्थामा काठ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए ।

बरामद काठसहितको गोरु गाडा आवश्यक कारवाहीका लागि आज डिभिजन वन कार्यालय कञ्चनपुरमा पठाइएको छ । प्रहरीले भीमदत्त नगरपालिका–१८ बाट म१ह ४८९ नंको अटोरिक्सामा अवैध काठ ओसारपसारमा संलग्न १८ वर्षीय गोविन्द सार्कीलाई आज पक्राउ गरेको थियो । अटोरिक्सामा अवैध काठ ओसारपसार भइराखेको विशेष सूचनाका आधारमा प्रहरीले सालका तीन गोलिया (७ दशमलव ३९ क्यूविक फुट) सहित सार्कीलाई पक्राउ गरेको थियो

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!