हिपमत डटकम

बुधबार, पौष १५, २०७७ || 529  पटक पढिएको

वेष्टइन्डिज क्रिकेटको टेष्ट टोलिका कप्तान जैसन होल्डर, एकदिवसीय टोलिका कप्तान क्यारन पोलार्ड र टेष्ट टोलिका उपकप्तान रोष्टन चेजसहितका खेलाडीले बङ्गलादेश भ्रमणबाट नाम फित्र्ता लिएका छन् । डारेन ब्राभो, शामह्र ब्रुक्स, शेल्डन कोट्रेल, एभिन लेविस, शाई होप, शिमरन हैटमर र निकोलास पूरन समेत कोरोना सङ्क्रमणको कारण देखाउँदै भ्रमणबाट नाम फित्र्ता लिएका हुन् ।

अलराउण्डर फाबियन एलेन र विकेटकीपर ब्याट्सम्यान शेन डौरिचले ब्यक्तिगत् कारण देखाउँदै भ्रमणमा सहभागी हुने छैन् । होल्डरको अनुपस्थितिमा ओपनर ब्याट्सम्यान क्रैग ब्रैथवेटले टेष्ट टोलिको नेतृत्व गर्नुहुनेछ । सन् २०१८ मा वेष्टइन्डिजले बङ्गलादेशको भ्रमण गर्दा समेत ब्रैथवेटले टोलिको अगुवाइ गर्नुभएको थियो ।

पछिल्लो पटक सन् २०१८ मा वेष्टइन्डिजका लागि खेल्नुभएका जैसन मोहम्मदले बङ्गलादेश भ्रमणमा एकदिवसीय टोलिको नेतृत्व गर्नुहुनेछ । क्रिकेट वेष्टइन्डिजको कोभिड नीति अनुसार कुनै खेलाडीले सुरक्षाको कारण देखाउँदै अन्तर्राष्ट्रिय भ्रमणमा सहभागी नहुने विकल्प रोज्न सक्छन् । यसरी रोज्दा उक्त खेलाडीको भविष्यमा हुने भ्रमणमा कुनै असर नपर्ने ब्यवस्था गरिएको छ ।
पहिलो प्राथमिकताका आधा दर्जन खेलाडीको अनुपस्थितिमा काभम हज र शेन मोसली टेष्ट क्रिकेटमा डेब्यु गर्ने भएका छन् । त्यसैगरी टी ट्वान्टीमा डेब्यु गरिसक्नुभएका कायल मेयर्स समेत टेष्ट टोलिमा बोलाइएका छन् । जोमेल वरिकान र विरासामी परमौल तथा रखिम कोर्नवाल समेत टोलिमा स्थान पाएका छन् ।
अनुभवी बलर केमार रोचसँगै शैनन गेब्रेल तिब्र गतिको बलरको रुपमा टोलिमा स्थान सुनिश्चित गर्नुभएको छ । नक्रुमा बोनर, जोशुआ ड सिल्भा, अल्जारी जोसेफले टेष्टसँगै एकदिवसीय टोलिमा समेत अटाएका छन् ।
वेष्टइन्डिजले बङ्गलादेश भ्रमणका लागि जनवरी १० मा ढाका पुग्नेछ । जनवरी २० देखि तीन म्याचको एकदिवसीय श्रृखंला र फेब्रुअरी ३ देखि टेष्ट श्रृखंला सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!