हिपमत डटकम

मंगलबार, पौष १४, २०७७ || 720  पटक पढिएको

प्रधानमन्त्री कप राष्ट्रिय महिला टी ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तगर्त समूह बी को पहिलो खेलमा सुदूरपश्चिमले गण्डकी प्रदेशलाई हराएको छ । सुदूरपश्चिमले गण्डकीमाथि ५९ रनको जित हात पार्यो ।

सुदूरपश्चिमले प्रस्तुत गरेको एक सय आठ रनको लक्ष्य पछ्याउँदै गण्डकीले पुरै २० ओभर खेलेपनि छ विकेटको क्षतिमा ४८ रन मात्रै जोड्न सक्यो । गण्डकीका लागि सृष्टि पौडेलले बनाउनुभएको आठ रन नै सर्वाधिक ब्यक्तिगत् योगफल रहन गयो । सुदूरपश्चिमको बलिंगमा सुनिता लुहरले तीन तथा लक्ष्मी साऊद, ऋतु कनोजिया र कविता कुँवरले सामान एक एक विकेट लिइन् ।

यसअघि देउखुरी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको सुदूरपश्चिमले १९ ओभर ३ बलमा एक सय सात रनको औसत योगफल तयार गर्यो । उसको पारीमा ओपनर रेवती धामीले सर्वाधिक २७ रनको योगदान दिनुभयो ।
सृष्टि पौडेलले तीन तथा ज्योत्सिना मरासैनी, अञ्जली विश्वकर्मा र कुसुम गोदरले सामान एक एक विकेट लिइन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!