हिपमत डटकम

मंगलबार, पौष १४, २०७७ || 788  पटक पढिएको

कोरोनाभाइरस कोभिड—१९ संक्रमित बिरामीको उपचार गर्ने अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुले कात्तिक र मंसिर महिनाको जोखिम भत्ता नपाएको गुनासो गरेका छन् । स्वास्थ्य मन्त्रालयले असोजसम्मको सबै रकम निकासा गरे पनि कात्तिक र मंसिर महिनाको रकम अस्पतालहरुले नपाउँदा स्वास्थ्यकर्मीहरु भत्ता पाउनबाट बञ्चित भएका हुन् ।

मन्त्रालयले कोभिड—१९ संक्रमितको उपचार गर्ने अस्पतालहरुलाई ५९ करोड ३७ लाख ४१ हजार रुपैयाँ निकासा गरिसकेको छ । तर, मन्त्रालयले बिरामीको केस अनुसार अस्पताललाई रकम दिने भएकाले संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीले जोखिम भत्ता नपाएका हुन् ।

बिरामीको केसका आधारमा मन्त्रालयबाट रकम अस्पताललाई आउने भएकाले स्वास्थ्यकर्मीलाई नियमित तलब मात्रै दिने गरेको पाटन अस्पतालका निर्देशक डाक्टर रवि शाक्यले बताए । अस्पतालमा चैतयता नन्-कोभिड बिरामीको संख्या घटेकाले स्वास्थ्यकर्मीलाई जोखिम भत्ता दिन नसकेको उनले बताए ।

विगतको तुलनामा कोभिडसँगै नन्-कोभिड बिरामीको संख्या क्रमशः बढ्दै गएको उनले सुनाए । यता वीर अस्पतालका निर्देशक डा. केदार सेन्चुरीले मन्त्रालयले केसका आधारमा पठाएको रकमबाट संक्रमितको उपचारमा लाग्ने खर्चबाट बचेको रकमले स्वास्थ्यकर्मीलाई नियमित तलब दिने गरेको बताए ।

सरकारले सामान्य संक्रमितलाई ३५ सय, लक्षणसहितका बिरामीलाई ७ हजार र आईसीयु तथा भेन्टिलेटरमा बसेका बिरामीलाई १५ हजारका दरले रकम पठाउने गरेको मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका सह-प्रवक्ता डाक्टर समीरकुमार अधिकारीका अनुसार कात्तिक र मंसिरको रकमका लागि अर्थमन्त्रालयसँग बजेट माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!