हिपमत डटकम

मंगलबार, पौष १४, २०७७ || 522  पटक पढिएको

भारतले अष्ट्रेलिया विरुद्धको दोस्रो टेष्ट म्याच आठ विकेटले जितेको छ । दोस्रो टेष्ट खेलमा भारतको जितसँगै चार म्याचको श्रृखंला १–१ को बराबरीमा आएको छ ।

अष्ट्रेलियाले प्रस्तुत गरेको ७० रनको झिनो लक्ष्य भारतले दुई विकेटको क्षतिमा पुरा गरेको हो । भारतका लागि ओपनर शुभमन गिलले सर्वाधिक ३५ तथा अजिन्क्यै रहानेले २७ रन बनाएर अविजित रहे । झिनो लक्ष्य पछ्याउने क्रममा भारतले १९ रनमै चेतेश्वर पूजारा र मयनक अग्रवालको रुपमा दुई विकेट गुमाएर कमजोर सुरुवात गर्यो । तर अर्का ओपनर गिल र कार्यवाहक कप्तान रहानेले जित सुनिश्चित गरे ।

अष्ट्रेलियाका लागि मिसेल स्टार्क र प्याट्ट क्युमिन्सले सामान एक एक विकेट लिए ।
यसअघि छ विकेटको क्षतिमा १३३ रनबाट चौथो दिनको खेल अगाडि बढाएको अष्ट्रेलियाले थप ६७ रन जोड्दा उसको दोस्रो पारी २०० रनमा समेटिन पुग्यो । अष्ट्रेलियाली पारीमा क्यामरुन ग्रीनको ४५ तथा म्याथ्यु वाडेको ४० रन अतिरिक्त अन्य कुनै पनि ब्याट्सम्यानले प्रभाबकारी प्रदर्शन गर्न सकेनन् ।
भारतका लागि मोहम्मद सिराजले तीन तथा जसप्रित बुमराह, रबिचन्द्रन आश्विन र रबिन्दर जडेजाले सामान दुई दुई तथा उमेश यादबले एक विकेट लिए ।
यसअघि मेलबर्नमा टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको अष्ट्रेलियाले पहिलो पारीमा १९५ रनमा समेटिन पुग्यो । ३८ रनमै तीन विकेट गुमाएको अष्ट्रेलियाका लागि मार्नस लबुस्नेले ४८ रनको पारी खेलेर टोलिको योगफल १३४ सम्म पुर्याउनुभयो । ट्राभिस हेडले ३८ तथा नाथन लियोनले २० रनको योगदान दिए ।
भारतका लागि जसप्रित बुमराहले सर्वाधिक चार तथा रबिचन्द्रन आश्विनले तीन विकेट लिनुभयो । भारतका लागि अन्तर्राष्ट्रिय खेलमा डेब्यु गरेको मोहम्मद सिराजले दुई तथा रबिन्दर जडेजाले एक विकेट लिए । पहिलो टेष्ट जितेर चार म्याचको टेष्ट श्रृृखंलामा अष्ट्रेलिया १–० को अग्रताको स्थितिमा रहेको छ ।
भारतले आफ्नो पहिलो पारीमा ३२६ रन बनाउँदै १३१ रनको अग्रता लिएको थियो । कप्तान अजिन्क्यै रहानेले शतकीय पारी खेलेपछि उसले महत्वपूर्ण बढ्त लिन सफल भयो । भारतका लागि जडेजाले रहानेसँग पाँचौं विकेटका लागि १२१ रनको साझेदारी गर्नुभई भारतीय पारी उकास्नु भयो । जडेजाले ५७ रन बनाउनुभयो । ओपनर शुभमन गिलले ४५ रनको योगदान दिनुभयो ।
अष्ट्रेलियाका लागि मिसेल स्टार्क र नाथन लियोनले सामान तीन तीन तथा प्याट्ट क्युमिन्सले दुई र जोश हयाजलउडले एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!