शनिबार, माघ ११, २०७६ || 1731  पटक पढिएको

हिपमत डटकम
विराटनगर,११ माघ :यौन क्रियाकलापको बारेमा धेरैका धेरैथरी मत छ । र, खासमा यो व्यक्तिको निजी मामिला पनि हो ।

तर, यहि विषयलाई लिएर व्यक्तिले धेरै टाउको दुखाईरहेको पाइन्छ । कि खासमा शारीरिक क्रियाकलापमा सहभागी हुँदै गर्दा कति समयमा स्खलन हुनु सामान्य हो भनेर । नेपालमा यसको अनुसन्धान भइसकेको छैन तर पश्चिमा देशमा भने यौन क्रियाकलाप गरिरहेका पार्टनरबीचको सामान्य सेक्स अवधी छुट्याएको छ ।

अमेरिकी र क्यानेडियन यौन चिकित्सकहरुले गरेको अध्ययनले सामान्य अवस्थामा यौन क्रियाकलापमा लिप्त भएका पार्टनरबीच ३ देखि १३ मिनेटसम्ममा सन्तुष्टी पाइसक्ने छन् । अर्थात ३ देखि १३ मिनेटको बीचमा उनीहरु स्खलित भइसक्ने छन् ।

यो अध्ययनमा यौन चिकित्सक, मनोचिकित्सक, फिजिसियन, सामाजिक कार्यकर्ता, निजी चिकित्सक तथा नर्सहरु गरी ५० जनालाई सहभागी गराईएको थियो । जसले हजारौँ विरामीहरुलाई दशौँ बर्ष देखि हेरिरहेको छ । र उनीहरुको यौन क्रियाकलापबारे समेत बुझेको छ ।

उनीहरुका अनुसार समान्यत यौनसम्पर्क शुरु गरेको व्यक्ति ३ देखि ७ मिनेट भित्रै स्खलित हुनसक्छ । यो अवधीलाई उनीहरुले पर्याप्तता भनेका छन । त्यस्तै यौन सम्पर्क शुरु भएको ७ देखि १३ मिनेटसम्म टिक्नेलाई अत्यन्त आनन्ददायी सेक्स भनेका छन् ।

यदि कोही व्यक्तिले १ देखि २ मिनेट भित्र स्खलित भयो भने त्यो अत्यन्तै छोटो अवधीको सेक्स र १० देखि ३० मिनेटसम्म पनि स्खलित भएन भने त्यो अत्यन्तै लामो अवधीको सेक्स भनेर उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!