हिपमत डटकम
विराटनगर,११ माघ :विराटनगरको एक धार्मिक विद्यालयका प्रधानाध्यापक (मोलवी) माथि आफ्नै विद्यार्थीलाई यौन दुव्र्यवहार गरेको आरोप लागेको छ । विराटनगर महानगरपालिका– ८ अशोक चोकमा रहेको ‘मदरसा रजाए मुस्तफा आधारभूत विद्यालयका’का मोलवी अमिरुद्धिन मियाँमाथि १३ र १४ वर्षका दुई जना छात्रालाई यौन दुव्र्यवहारको आरोप लागेको हो । आरोपपछि उनी फरार छन् । मियाँले मंगलबार र बुधबार दुई छात्रालाई यौन दुव्र्यवहार गरेको जाहेरी परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी लोकदर्शन थापाले बताए ।

दुवै बालिकाका अभिभावकले बिहीबार जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका छन् । उनलाई पक्राउ गर्न प्रहरी घरसम्म पुगे पनि फरार भएका कारण पक्राउ गर्न नसकिएको र खोजी तीव्र पारिएको डीएसपी थापाले बताए । जाहेरीका आधारमा घटनाको अनुसन्धान सुरु गरिएको उनको भनाइ छ ।

 

आफ्नै कार्यकक्षमा बोलाएर बालिकामाथि दुव्र्यवहार गरेको भन्दै २०६४ सालबाट मदरसामा कुरान पढाइरहेका मियाँ विरुद्ध कारबाही हुनु पर्ने माग राखेर स्थानीय बासिन्दा बिहीबार जिल्ला प्रहरी कार्यालय मोरङमा जम्मा भएका थिए । मदरसामा ६ वर्षमाथि र १५ वर्ष मुनीका २० जना बालबालिका पढ्ने गरेको स्थानीयको भनाइ छ ।

प्रहरीका अनुसार सोमबार मोलवी सबै विद्यार्थीलाई गृहकार्य दिएका थिए । गृहकार्य चेकजाँचका लागि भन्दै उनले आफ्नो कार्यकक्षमा बोलाएर फरक–फरक दिन यौन दुव्र्यवहार गरेको बलात्कार प्रारम्भिक अनुसन्धानबाट खुलेको डीएसपी थापाको भनाइ छ । १३ वर्षीया बालिकाले प्रतिकार पनि गरेको खुलेको छ । घटना कसैलाई सुनाए बुबा–आमाको बद्नाम गर्ने धम्की दिएपछि बिहीबार बिहान बालिका मदरसा नगएको स्थानीयको भनाइ छ ।

घरबाट स्कुल पठाउन खोज्दा उनले घटना बारे सुनाएपछि स्थानीय र बालिकाका अभिभावक जिल्ला प्रहरी कार्यालय मोरङ आएका हुन् । सुरुमा १३ वर्षकी बालिकाका अभिभावकले जाहेरी दिएपछि १४ वर्षकी बालिकाका अभिभावकले पनि जाहेरी दिएका छन् । घटना बाहिर आए बद्नाम हुने डरले बसेकी बालिका साथीले जाहेरी दिएपछि आफूलाई पनि आँट आएको बताइन् ।
प्रहरीका अनुसार दुई बालिका मध्ये एक जना कक्षा ५ र अर्को एक जना कक्षा ६ मा पढ्छन् । स्थानीयबासीका अनुसार यस अघि पनि मोवली विरुद्ध यौन दुव्र्यवहारको आरोप लागेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!