हिपमत डटकम

सोमबार, पौष १३, २०७७ || 862  पटक पढिएको

बलिउड नायक सलमान खानको ५५औं जन्मोत्सव काठमाडौं पनि मनाइएको छ । नायक खानले सञ्चालन गरिरहेको ‘बिइङ ह्युमन’को नेपाली फ्रेञ्चाइज संस्थाले सो जन्मोत्सव मनाएको हो ।

विइङ ह्यूमन क्लोथिङ नेपालको आयोजनामा दरबारमार्गस्थित किङ्ग्स् लाउञ्जमा केक काटेर खानको जन्मदिन मनाएको हो । उक्त अवसरमा नायक भुवन केसी, नायिका सुष्मा कार्की, कोरियोग्राफर तथा कलाकार प्रशान्त ताम्राकारलगायत कलाक्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सलमान खानको कलाकारिता यात्रासँगै सामाजिक क्षेत्रमा गरिरहेको योगदानको चर्चा गरिएको थियो । नायक भुवन केसीले कलाक्षेत्रमा लाग्नेहरूका लागि सलमान खान प्रेरणाका स्रोत भएको बताउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!