हिपमत डटकम

सोमबार, पौष १३, २०७७ || 659  पटक पढिएको

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी)को दशक खेलाडी पुरस्कारबाट पुरस्कृत हुनेको सूची सार्वजनिक भएको छ । भारतीय क्रिकेटर विराट कोहली आईसीसीको दशक पुरुष क्रिकेटरको पुरस्कारबाट पुरस्कृत हुनुभएको छ । एलिसा पेरी महिला क्रिकेटर विधातर्फ दशक क्रिकेटरको उपाधिबाट पुरस्कृत हुनुभएको छ । पेरी, अष्ट्रेलियाको महिला क्रिकेट टोलिका अलराउन्डर हुनुहुन्छ ।

आईसीसीले डिसेम्बर पहिलो साता आईसीसीले दशक विधातर्फ प्रदान गर्दै आएको पुरस्कारको मनोनयन सूची सार्वजनिक गरेको थियो । उक्त सूचीमा नेपाली क्रिकेट टोलिका पूर्ब कप्तान पारस खड्का दशकको अशोसिएट प्लेयर विधामा मनोनयन हुनुभएको थियो । उक्त विधाको पुरस्कार कायल कोर्जरले हात पार्नुभयो । कोर्जर स्कटल्याण्डका ब्याट्सम्यान हुनुहुन्छ । मनोनयमा तीन जना स्कटल्याण्डकै खेलाडी परेका थिए । नेपालबाट पारस खड्का, नेदरल्याण्ड्सबाट पिटर बोरेन र पपुवान्यूगिनीबाट अस्साद भाला समेत मनोनयनमा परेका थिए । अष्ट्रेलियाली क्रिकेटर स्टिभ स्मिथ आईसीसीको दशक टेष्ट खेलाडी घोषित हुनुभयो । विराट कोहली दशकको अन्तर्राष्ट्रिय एकदिवसीय खेलाडी घोषित हुनुभएको छ । अफगानिस्तानका राशिद खान दशकको टी ट्वान्टी क्रिकेटर घोषित हुनुभयो । महिलातर्फ टी ट्वान्टी क्रिकेट विधामा एलिसा पेरी आईसीसीको दशक खेलाडी घोषित हुनुभयो ।
कैथरिन ब्राइस अशोसिएटको महिलातर्फ दशक खेलाडीको उपाधि हात पार्नुभएको छ । भारतीय क्रिकेट टोलिका पूर्ब कप्तान महिन्दर सिंह धोनीले दशकको स्पिरिट क्रिकेट पुरस्कार प्राप्त गर्नुहुने भएको छ ।
विराट कोहली पछिल्लो एक दशकमा अन्तर्राष्ट्रिय क्रिकेटमा २० हजार ३९६ रन बनाउनुभएको छ । जुन कुनै पनि क्रिकेटरभन्दा अधिक हो । भारतले विश्वकप क्रिकेट २०११ र च्याम्पियन्स ट्रफी २०१३ को उपाधि जित्दा उहाँ टोलिको सदस्य हुनुहुन्थ्यो । सन् २०१७ र २०१८ मा उहाँ आईसीसीको वर्ष खेलाडी समेत घोषित हुनुभएको छ ।
कोहली आईसीसी अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटको दशक खेलाडी समेत घोषित हुनुभएको छ

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!