हिपमत डटकम

सोमबार, पौष १३, २०७७ || 1073  पटक पढिएको

प्रेम कथानक फिल्म ‘हिड्दा हिड्दै’ को सुटिङ सोमबारबाट सुरु भएको छ । गत असोजमा शुभमुर्हत गरिएको फिल्मको पहिलो दिनको स्पट गोदावरी भएको फिल्मका प्रस्तुतकर्ता सुशील पंगेनीले जानकारी दिएका छन् ।

मिलन आले मगरको निर्देशनमा आकाश श्रेष्ठ,सलोन बस्नेत, नवअभिनेत्री रेखा शाह, सानीया खान, बिकास थापामगर,बिबेक रामदाम,ममता पौडेललगायतका कलाकारको अभिनय रहने फिल्मको स्क्रिप्ट प्रस्तुतकर्ता पंगेनीले लेखेका हुन् ।

नारायण सुशील पंगेनी इन्टरटेन्मेन्टको ब्यानर र कोहलपुर मेडिकल कलेजसँगको सहकार्यमा निर्माणाधिन फिल्मको निर्मातामा प्रमोदकुमार तामाङ,राजकुमार थिङ र पारस गुरुङ छन् । महादेव शाही सहनिर्माता रहेको फिल्म काठमाडौ र गाइघाटमा खिचिने छ । सुमनकुमार तण्डुकारको छायांकन रहेको फिल्मका गीतमा बसन्त सापकोटा र किरण माइकलको संगीत र कबिराज गहतराजले कोरियोग्राफी गर्ने छन । देव महर्जनले द्धन्द्ध निर्देशन गर्ने फिल्मको मुख्य सहायक निर्देशकमा यम भण्डारी र रामकुमार थिङ छन् । फिल्मको सुटिङ अबधि ३५ दिन तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!