हिपमत डटकम

सोमबार, पौष १३, २०७७ || 851  पटक पढिएको

अभिनेता सोनु सुदको बिषयमा एउटा किताव लेखिएको छ । कोरोना महामारीको लकडाउन वा त्यसपछिका समयमा उनले गरेको राम्रो कामको बिषयमा किताव लेखिएको हो । किताबको शीर्षक ‘आई एम नो मेसिहा’ राखिएको छ ।

उनको जीवनको अनुभव समेत समेटिएको कितावको बिषयमा सोनु आफैले सोशल मिडिया मार्फत एक भिडियो शेयर गर्दै जानकारी दिएका हुन् । भिडियो शेयर गर्दै सोनुले लेखेका छन् ‘मेरो किताव ‘आई एम नो मेसिहा’ आएको छ । मेरो हस्ताक्षर रहेको किताव तपाईहरुलाई मुम्बई एयरपोर्टस्थित बुक सेन्टरमा मिल्नेछ । तपाई यसलाई अनलाईन अडर गर्न सक्नुहुन्छ । किताब अंग्रेजी र हिन्दी दुई भाषामा उपलब्ध छ ।

लकडाउनको समय सोनुले मुम्बईमा फसेका कयौं प्रवासी मजदूरलाई उनको घरमा पुर्याउने काम गरेका थिए । उनले मजदूरका लागि बस, ट्रेन र चार्टर प्लेनको समेत ब्यवस्था गरेका थिए । मानिसका लागि खानपिनको र रोजगारीको ब्यवस्था समेत गर्दिएका उनको सहयोगको सिलसिला अहिले पनि जारी छ । बुढाबुढीका लागि घुडाको ट्रान्सप्लान्ट उनको अबको योजना रहेको छ । जुन उनी २०२१ मा पुरा गर्न चाहान्छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!