हिपमत डटकम
काठमाडौं,११ माघ:आफ्नै विवाहको निम्तो बाँड्ने क्रममा दु’र्घटनामा ज्या’न गु’माएकी रमिता भट्टको वि’योगमा उनको परिवार मात्र हैन धेरैको आखा रसाएका छन । मन रोएको छ ।रमितालाई गु’माउदा उनको पिरिवार बि’क्षिप्त बनेको छ।शो’क मा डु’बेको छ । विहिवारबाट नै प्रकाशले फेसबुकमा थरी थरीका स्टाटस लेखेर दुनियाँलाई रुवाएकाे छन् । उनले लेखेका स्टाटसहरुलाई तल प्रस्तुत गरेका छाै ।

बिहेको लगी किनेको चुरा पोते माला लगाएतको तस्बिर सार्बजनिक गर्दै दिदि पार्वतीले लेखेको स्टाटसले फेरी सबैलाई भाबुक बनाएको छ ।उनले लेखेकी छन -कति सपना सजाय थिसस बैनी हातमा मेहेन्दी चुरा पोते अनि सिउदोमा सिन्दुर लगाउला भनेर तिम्रो सपना सपनामै सिमित रह्यो ।

रमिताले संसार छाडेपछि प्रकाशको यस्तो हालत । यस्तो त कसैलाई नपरोस् हे भगवान । एकपटक अवश्य हेर्नैपर्ने भिडियो
मेरो भाइलाई एक्लै पार्यौ । कसरी सम्हाल्ने । भाइलाई बिहेमा लगाउने सब किनेउ तर लगाउन पाएनौं। बैनी तिम्रो स्वर्गमा बास होस् । बैनी साचो मायामा भगवानको पनि आखा लाग्छ भन्थे हो रैछ । कति सपना देख्या होलि तिमीले ……..। १ वर्षअघि भागी विवाह गरेका कञ्चनपुरका उनीहरुको यही माघ १३ गते परम्परागत विवाहको साइत जुरेको थियो ।

https://www.youtube.com/watch?v=66QMf2SVgsU

यसैको लागि निम्तो बाँड्न हिँडेकी रमिताले ट्रिपरको ठक्करले ज्या’न गु’माएकी थिइन् ।विवाहको ४ दिनअघि दु’र्घटनामा पत्नीको ज्यान गएपछि प्रकाशले फेसबुकमा निकै भावुक स्टाटस लेखेका थिए ।प्रकाशले लेखेका छन् – ‘तेरो लागि रातो साडी ल्याइदिएको छु नि बुढी ।
पर्सी हाम्रो बिहे हो, कहाँ गाछस् छिटो आइज न । मेरो एक चिम्टी सिन्दुरको लागि तैँले आफ्नो फ्यामिली, लाइफ सब छाडेर मेरो साथ दिइस्, तर मलाई बीचमै छोडेर किन गइस् भन् त । एक्लै यत्रो लामो बाटो कसरी हिँडु म हम् ? कति सपनाहरू थिए, तैँले किन धोका दिइस् । मैले भनेको होइन तलाईं केही हुनुभन्दा पहिला म नै नरहुँ भनेर ? तँ अगाडि किन गइस् मलाई छाडेर ? म एक्लै के गरौँ, कहाँ जाऊँ भन् त ? आइज न बिहे गरौँला नि । यो बिहेको साडीमा मेरो सिन्दुर तेरो सिउँदोमा हेर्ने सपना छ मेरो । म नि छिट्टै आउँछु तँसँगै बूढी, नभुलेस् है मेरो वेट गरेस् । चखेवाको जोडी जस्तै थियो नि हाम्रो माया अब एक गएपछि अर्को आफैँ आउँछु ।’

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!