शनिबार, माघ ११, २०७६ || 960  पटक पढिएको

हिपमत डटकम
काठमाडौं,११-माघ: नेपाल विद्युत् प्राधिकरणले मुख्य शहर र राजमार्गहरुमा ५० चार्जिङ स्टेसन स्थापना गर्न ग्लोबल बोलपत्र (टेन्डर) निकालेको छ । विद्युतीय सवारीसाधनको प्रर्वद्धनमा जोड दिइरहेको प्राधिकरणले काठमाडौं, राजमार्ग क्षेत्र र मोफसलका शहरहरुमा गरी कुल ५० वटा चार्जिङ स्टेशन निर्माण गर्न टेन्डर गरको हो । यो चर्जिङ स्टेसनमा ठूला बस पनि चार्ज गर्न सकिनेछ । प्राधिकरणले उपत्यकाबाहिर शहरका मुख्य भागहरुमा स्टेसन निर्माणका लागि स्थान उपलब्ध गराउन व्यापारिक, कम्प्लेक्स, सिनेमा हल, सुपर मार्केट, पार्क, विश्वविद्यालय, सरकारी निकाय, होटल, अस्पताल लगायतसँग आवेदन लिइसकेको छ । बिशेषगरी सवारीसाधनको धेरै आवतजावत हुने स्थानमा छिटो चार्ज हुने खालको चार्जिङ स्टेसन राख्न लागिएको ऊर्जा दक्षता विभागका सहायक प्रवन्धक सागरमणि ज्ञवालीले जानकारी दिए ।उनका अनुसार एक घण्टामा फूल चार्ज गर्न सकिने गरी डिसी बुस्ट चार्जिङ राख्न लागिएको हो । एकपटक फूल चार्ज भएपछि ३ सय किलोमिटरसम्म सवारी गुड्न सक्ने गरी स्टेसनहरु निर्माण गर्न लागिएको उनले भने । ‘राजमार्गमा चिया खाजा खाने होटलमा पनि चार्जिङ स्टेसन राखिने छ,’ उनले भने, ‘गाडी रोकेर एकछिन फ्रेस हुन बस्दा पनि ५०-६० किलोमिटर गुड्ने गरी सवारी चार्ज गर्न सकिन्छ । राजमार्गका विभिन्न ठाउँमा यस्ता चार्जिङ स्टेसन राख्न ठाउँ मागेका हौं ।’ यसले ती होटलमा ग्राहक बढ्ने यात्रुले सुविधा पनि पाउने भनिएको छ । यस्ता चार्जिङ स्टेसनमा तीनवटा गाडी एकैपटक चार्ज गर्न सकिने छ । उपयुक्त पार्किङको सुविधा भएका ठाउँलाई चार्जिङ स्टेसनका लागि छनोटमा प्रथमिकता दिइने प्राधिरकणले जनाएको छ । ‘यो ब्यापारिक मोडल हो, हामीले चार्जिङ स्टेसन राखेका होटल, पसलहरुमा ग्राहक बढ्छन्,’ ज्ञवालीले भने, ‘चार्जिङ स्टेसनले ब्यापारिक भवनको प्रतिष्ठा र ब्यापार पनि बढ्छ । टेन्डरबाट कम्पनी छनिएको ६ महिनामा चार्जिङ स्टेसन खालिसक्ने योजना बनेको छ ।’

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!