हिपमत डटकम

आइतबार, पौष १२, २०७७ || 886  पटक पढिएको

काठमाडौं । रंगपत्रकार कुबेर गिरी ‘रंग पत्रकारिता पुरस्कार २०२०’बाट सम्मानित भएका छन् । ‘नेशनल पावर न्युज म्युजिक अवार्ड २०२०’ उनलाई सो सम्मान प्रदान गरिएको हो ।

शनिबार ठमेल स्थित भोजन भुमिका आयोजित वार्ड समारोहमा सुचना प्रविधि तथा संचारमन्त्री पार्वत गुरुङ, विशिष्ट संगीतकार शम्भुजित बास्कोटा, राष्ट्रिय गानका लेखक ब्याकुल माइला, गीतकार तथा बरिष्ठ रंगपत्रकार शान्ती प्रियलगायतले गिरीलाई नगद सहित माला, दोसल्ला र प्रमाणपत्रद्धारा सम्मान गरिएको हो ।
रंगपत्रकारिता मार्फत लामो समयदेखि नेपाली कलासंस्कृतिको क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै गिरीलाई सम्मान गरिएको कार्यक्रममा बताइएको थियो ।

कार्यक्रममा काभ्रेका पत्रकार नवराज बजगाईलाई ‘युवा पत्रकारिता सम्मान २०२०’, बरिष्ठ गायक सिताराम पोखरेललाई गायनमा २५ बर्ष पुरा गरेको उपलक्ष्यमा ‘रजत संगीत सम्मान २०२०’ र रंगपत्रकार डब्बु क्षत्रीलाई ‘कला सम्मान २०२०’समेत प्रदान गरिएको थियो ।
पावर इन्टरनेशनल मिडिया प्रालीले आयोजना गरेको कार्यक्रममा गीतसंगीत क्षेत्रका थुप्रै कलाकर्मीले समेत अवार्ड पाएका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!