चेल्सीलाई हराउँदै आर्सनलले प्रिमियर लिगमा सात खेलको आफ्नो जीतविहीन यात्रामा पूर्णविराम लगाएको छ । गत नोभेम्बर १ यता लिगमा आर्सनलको यो पहिलो जीत हो । शनिबार भएको खेलमा आर्सनल ३–१ गोलले विजयी बन्यो ।

खेलको ३४ औँ मिनेटमा अलेक्सान्डर लाकाजेटले पेनाल्टीमार्फत् आर्सनललाई अग्रता दिलाए भने १० मिनेटपछि ग्रानिट जाकाले फ्रिकिकमार्फत् गोल गर्दै आर्सनलको अग्रता दोब्बर बनाए ।

दोस्रो हाफमा बुकायो साकाले तेस्रो गोल थप्दै चेल्सीको पहुँचबाट खेललाई टाढा पुर्याए । खेलको अन्त्यमा ट्यामी एब्राहमले एक गोल फर्काए पनि उक्त गोल सान्तवना गोलमात्र ठहरियो । जीतसँगै आर्सनल लिगको १४ औँ स्थानमा उक्लिएको छ । चेल्सी भने सातौँ स्थानमा खस्किएको छ ।

उता, प्रतिस्पर्धात्मक खेलमा म्यान्चेस्टर युनाइटेड र लेस्टर सिटीले २–२ को बराबरीमा चित्त बुझाएको छ । खेलमा मार्कस रासफोर्डले युनाइटेडलाई अग्रता दिलाए पनि हार्भे बार्न्सले खेलमा बराबरी गरे ।

खेल सकिन बाँकी छँदा एडिसन कभानीको उत्कृष्ट पासमा ब्रुनो फर्नान्डेजले युनाइटेडलाई पुनः अग्रता दिलाए पनि ८५ औँ मिनेटमा एक्सल टुनाजेबेले जेमी भार्डीको क्रसमा आत्मघाती गोल गरेपछि खेल बराबरी भयो । बराबरीपछि लेस्टर लिगको तेस्रो र युनाइटेड चौथो स्थानमा खस्किएको छ ।

युनाइटेड र लेस्टरको बराबरीको फाइदा उठाउँदै एर्भटन लिगको दोस्रो स्थानमा उक्लिएको छ । एभर्टनले शनिबार नै सेफिल्ड युनाइटेडलाई १–० गोलले हरायो ।

उता, सिटीले न्युक्यासललाई हराउँदै लिगको पाँचौ स्थानमा उक्लियो । सिटीको जीतमा इल्के गुन्डोगान र फेरान टोरेसले गोल गरे ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!