हिपमत डटकम

शनिबार, पौष ११, २०७७ || 489  पटक पढिएको

भारत विरुद्धको दोस्रो टेष्टको पहिलो पारीमा अष्ट्रेलिया १९५ रनमा समेटिएको छ । पहिलो दिनको खेल जारी रहँदा भारतले कमजोर सुरुवात गरेको छ ।

मेलबर्नमा टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको अष्ट्रेलियाले ७२.३ ओभरमा १९५ रनको सामान्य योगफलमा समेटिएको हो । ३८ रनमै तीन विकेट गुमाएको अष्ट्रेलियाका लागि मार्नस लबुस्नेले ४८ रनको पारी खेलेर टोलिको योगफल १३४ सम्म पुर्याउनुभयो । ट्राभिस हेडले ३८ तथा नाथन लियोनले २० रनको योगदान दिए ।

भारतका लागि जसप्रित बुमराहले सर्वाधिक चार तथा रबिचन्द्रन आश्विनले तीन विकेट लिनुभयो । भारतका लागि अन्तर्राष्ट्रिय खेलमा डेब्यु गरेको मोहम्मद सिराजले दुई तथा रबिन्दर जडेजाले एक विकेट लिए ।
आजै पहिलो पारीको सुरुवात गरेको भारतले कमजोर प्रदर्शन गरेको छ । उसले दिनको खेलमा नौ ओभर बाँकी रहँदा एक विकेटको क्षतिमा २८ रन जोडेको छ । ओपनर मयनक अग्रवाल खाता नखोल्दै मिसेल स्टार्कको शिकार हुनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!