हिपमत डटकम

शनिबार, पौष ११, २०७७ || 1108  पटक पढिएको

साउथ इन्डियन फिल्मका अभिनेता अनिल नेदुमन्गडको मृत्यु भएको छ । ४८ बर्षिया अनिलको शुक्रबार पानीमा डुबेर मृत्यु भएको हो ।

समाचारका अनुसार अनिल साथीहरुसँग नुहाउन मलन्करा बाधमा पुगेका थिए । सोही क्रममा उनको डुबेर निधन भएको हो ।

पानीमा डुब्ने बितिक्कै उनलाई सहयोगकर्मीको मद्दतले बाहिर निकालेर अस्पताल पुर्याइएको थियो । अस्पतालका डाक्टरले उनलाई मृत घोषित गरेका थिए ।

अभिनेता एक फिल्मको सुटिङको सिलसिलामा थोड्डुपुझामा रहेका थिए । सोही क्रममा उनी साथीहरुसँग नुहाउन बाधमा पुगेका थिए ।

फिल्ममा अभिनेता जोजु जार्ज समेतको मुख्य भुमिका रहनेछ । अनिलले टिची अभिनेताको रुपमा अभिनय करियर सुरु गरेका थिए । २०१४बाट उनले फिल्म अभिनय थालेका थिए । कयौ फिल्ममा उनले सम्झनलायक भुमिका निर्वाह गरेका छन् ।
‘अथ्यप्पनम कोशियुम’, ‘कम्मतिपादन’, ‘पावडा’, ’किस्मत’ र ‘पैरोल’ जस्ता फिल्ममा काम गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!