हिपमत डटकम

शनिबार, पौष ११, २०७७ || 472  पटक पढिएको

म्यान्चेष्टर सिटीका दुई जना खेलाडी कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । स्ट्राइकर गेब्रेल जिसस र डिफेन्डर कायल वाकरमा सङ्क्रमणको पुष्टि भएको हो ।
जिसस र वाकर प्रिमियर लिग अन्तगर्त आज हुने न्यू कैसल विरुद्धको खेलमा अनुपस्थित रहनेछन् । दुई दिनपछि सिटीले इभर्टन र जनवरी ३ मा चेल्सीको सामना गर्नेछ । जिससलाई बिस्थापित गर्ने सर्जिओ एग्वेरो घुँडाको चोटबाट मुक्त भएपछि मंगलबार १६ मिनेटसम्म खेल्नुभयो ।

ब्राजिली फरवार्ड २३ वर्षीय जिसस जारी सिजनमा चार गोल गर्नुभएको छ । यद्दपी घाईते भएर उहाँ एक महिना मैदान बाहिर हुनुहुन्थ्यो । ३० वर्षीय वाकर दोस्रो रोजाइका खेलाडी हुनुहुन्छ ।
म्यान्चेष्टर सिटी प्रिमियर लिगमा शिर्ष स्थानको लिभरपुलभन्दा आठ अङ्क तल छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!