पथरीशनिश्चरे फुटबल प्रिमियर लिगको फाईनल खेलका लागि दि रियल ब्रदर्स फुटबल क्लबले टेन नवोदय फुटबल क्लबसँगको भेट पक्का गरेको छ । आज भएको अन्तिम सेमिफाईनल खेलमा हेरीका न्यू स्टारलाई टाई ब्रेकरमा ४–३ गोलन्तरले पछि पार्दै दि रियल ब्रदर्सले शनिबारको खेलमा टेन नवोदयसँगको भेट तय गरेको छ ।

आज सम्पन्न सेमिफाईनल खेल गोल रहित बराबरीमा सकिएपछि खेलको निर्णय टाई–ब्रेकरबाट गरिएको थियो । निर्धारित समयमा दुवै टोलीबाट कुनै पनि गोल हुन नसकेपछि खेल टाई–ब्रेकरमा धकेलिएको हो ।

खेलको निर्धारित समय सकिएसँगै थप गरिएको २० मिनेटको खेलमा पनि दुवै टोलीले गोल गर्न सकेनन् । खेल अवधिभर नै दुवै टोलीले पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा दुवै टोली गोल गर्नबाट चुकेका थिए ।

खेलको निर्णका लागि भएको टाई ब्रेकरमा हेरिका न्यू स्टारका कप्तान मिन धिमाल र विवेक लिम्वुको प्रहारले जाली चुम्न नसक्दा न्यू स्टार हार स्वीकार्दै प्रतियोगीताबाट बाहिरिन बाध्य बन्यो । दि रियल ब्रदर्सका देवराज गुरुङले टाई ब्रेकरमा गोल गर्नबाट चुकेपनि विशाल पाण्डे, दिपेन माझि, समिर याख्खा र तिर्थराज बस्नेतको गोल नै फाईनलको ढोका खोल्न पर्याप्त बन्यो ।

हेरिका न्यू स्टारको लागि रमेस लिम्वू, प्रविन आङ्देम्बे र समिर धिमालले गोल गरे पनि हार टार्न सकेनन् । आजको खेलको सोनालिका म्यान अफ दि म्याच दि रियल ब्रदर्शका देवराज गुरुङ घोषित भए ।

प्रतियागीताको उपाधि रक्षाका लागि दि रियल ब्रदर्स र टेन नवोदय विचको फाईनल खेल शनिबार पथरी रंगशालामा हुनेछ । टेन नवोदयले सिरिजङ्गा फुटबल क्लबलाई पाखा लगाउदै फाइनल यात्रा तय गरेको हो । प्रतियोगिताको विजेताले नगद १ लाख ७५ हजार रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ७५ हजारमा चित्त बुझाउनु पर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!