हिपमत डटकम

बुधबार, पौष ०८, २०७७ || 881  पटक पढिएको

बलिउड अभिनेत्री कंगना रनौत प्रायजसो कुनै-कुनै कारण चर्चामा रहन्छिन् । कंगना सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । उनले दैनिक जस्तो शब्दको वाण चलाउने गर्छिन् । केही अघिमात्र किसान आन्दोलनलाई लिएर गायक दिलजीत दोसांझ र प्रियंका चोपडामाथि निशाना बनाएकी थिइन् । भर्खर मात्र कंगनाले एक तस्वीर सामाजिक सञ्जालमा सेयर गरेकी छिन्, जुन फोटोको धेरै चर्चा भइरहेको छ ।

उक्त तस्वीरमा कंगनाले बिकिनी लगाएकी छिन् । समुन्द्रको किनारमा बसेकी छन् । यो तस्वीर सेयर गर्दै कंगनाले लेखेकी छिन्, ‘म आफ्नो जिन्दगीमध्येको एक एक्साइटेड स्थानमा पुगेको छु, त्यो हो मेक्सिको । सुन्दर, तर एक अप्रत्याशित स्थान ।’ मेक्सिकोको सानो आईलैंन्ड टुलुममा लिएको उनको तस्वीरमा प्रकार–प्रकारका रिएक्शन दिएका छन् । कसैले त उनलाई सिकार गराउने पक्षमा पनि देखिएका छन् ।

केही दिन पहिला उनले दीलजीत दोसान्ध र प्रियंका चोपडामाथि किसान आन्दोलनलाई लिएर निशाना बनाएकी थिइन् । उनले दुवैजनामाथि किसानलाई भड्काएर गायब भएको आरोप लगाएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!