एभर्टनका प्रशिक्षका कार्लो एन्सीलोट्टीले विगतमा म्यानचेस्टर युनाइटेडबाट आएको प्रस्तावलाई आफूले नकारेको बताएका छन् । एन्सीलोट्टीका अनुसार अफर आएका बेला उनी रियल म्याड्रिडको प्रशिक्षक बन्नका लागि छलफलमा जुुटेका थिए ।
म्यानचेस्टरविरुद्ध कारावाओ कपको क्वाटरफाइनल खेल सुुरु हुनअघि आयोजित पत्रकार सम्मेलनमा बोल्दै एर्भटनका प्रशिक्षकले भने,‘ सर एलेक्स फग्र्युसनले आफ्नो अवकाशपूर्व मलाई म्यानचेस्टरको कमान सम्हाल्न अफर गरेका थिए । तर यतिबेला म रियल म्याड्रिडको प्रशिक्षक बन्ने संघारमा थिएँ । यसपछि भने अर्को अफर आएन ।’

उनले थपे,‘म भन्नसक्छु कि अहिले पनि सर एलेक्ससँग मेरो राम्रो सम्बन्ध छ र उनले अवकाश लिने निर्णय गरिसकेपछि हामीले भेटेका थियौं ।’
यस सिजन एभर्टनले प्रिमियर लिगमा निकै राम्रो खेलिरहेको छ । १४ खेल सकिँदासम्म एर्भटन चौथो स्थानमा छ । यस सिजनमा म्यानचेस्टरविरुद्धको खेलमा भने एर्भटन ३–१ ल्े पराजित भएको थियो ।

एन्सिलोट्टीले म्यानचेस्टरलाई विश्वका ठूला क्लबका रुपमा आफुले सधैं सम्मान गर्ने भए । ‘पक्कै पनि म्यानचेस्टर युनाइटेड निकै राम्रो क्लब हो । मैले धेरैपटक त्यस टिमविरुद्ध प्रतिस्पर्धा गरेको छु । जतिबेला एलेक्स त्यहाँ थिए, म चेल्सीमा थिएँ,’ एन्सिलोट्टीले भने,‘उक्त क्लबप्रति मेरो ठूलो सम्मान छ । मिलान, रियल म्याड्रिडजस्तै यो पनि इतिहास बोकेको क्लब हो ।’ ६१ वर्षका इटालिन प्रशिक्षक एन्सिलोट्टीले युुभेन्टस्, एसी मिलान, चेल्सी, पेरिस सेन्ट जर्माइन, बार्यन म्युनिख, नपोलीलगायत क्लबहरुलाई प्रशिक्षण दिइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!