पथरी, प्रथम टेन्सवर्ग पथरी शनिश्चरे प्रिमियर लिग फुटबलमा टेन नवोदयले फाइनल यात्रा तय गरेको छ ।

आज भएको पहिलो सेमीफाइनल खेलमा श्रीजंगा एफसीलाई १–० गोल अन्तरले हराउदै टेन नवोदयले फाइनल यात्रा तय गरेको हो । खेलको २४ औँ मिनेटमा टेन नवोदयका जर्सी नं. ९ का खेलाडी रोशन माझीले गोल गरे । माझीले गरेको गोल नै निर्णायक बन्यो ।

टेन नवोदयको यसअघि पनि खेलको ६ मिनेटमा संजिव कुरुङ्वाङले गरेको उत्कृष्ट फ्रिकिक गोल रक्षक अशोक खत्रीले बिफल बनाइदिएका थिए । ५३ औँ मिनेटमा धिरेन विष्टले गरेको फ्रिकिक प्रहारले पनि गोल पोस्टको दिसा लिन नसकेपछि टेन नवोदय १–० मा चित्त बुझाउन बाध्य भयो । खेलको ७९ औँ मिनेटमा सेवेहाङ् लिम्बूले रातो कार्ड पाएपछि टेन नवोदय निकै दवावमा परेको थियो ।
खेलअवधिभर दवावमा देखिएको श्रीजंगाले पाएका केही सुनौला अवसरको सदुपयोग गर्न सकेन । खेलको २२ औँ मिनेटमा जहरमान लिम्बूले गरेको फ्रिकिक गोल रक्षक अर्जुन बस्नेतले बिफल बनाइदिए । यसपछि पनि श्रीजंगा निकै अवसरहरुको सदुपयोग गर्न चुकेको हो । खेलको अन्तिम समयमा बढि आक्रमक बनेको श्रीजंगाले गोल फर्काउन नसकेपछि खेलबाट बाहिरिन बाध्य भयो ।
प्रस्तावित पथरी रंगशालामा आयोजित प्रथम प्रिमियर लिगको आजको खेलको सोनालिका म्यान अफदी म्याच टेन नवोदयका संजिव कुरुङ्वाङ् घोषित भए । लिगकम नकआउट शैलीमा मोफसलको पहिलो खेलाडी लिलाम बिक्रीबाट खेल आयोजना गरिएको हो ।
बुधबारको नकआउट चरणको खेल दि रयल ब्रदर्श र हेरिका न्यू स्टार बिच हुने अयोजक कमिटिले जनाएको छ । प्रतियोगिताको बिजेताले नगद १ लाख ७५ हजार र उप बिजेताले नगद ७५ हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!